२०८३ बैशाख १९ गते , शनिबार

शुक्रबारदेखि मेलम्चीको पानी काठमाण्डौको धारामा आउने

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २२ गते , विहीबार
शुक्रबारदेखि मेलम्चीको पानी काठमाण्डौको धारामा आउने

काठमाण्डौ काठमाण्डौ उपत्यकाबासीले भोलि शुक्रबार देखि मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रबक्ता प्रकाश कुमार राईका अनुसार भोलि विहान साढे चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट उपभोक्ताको घर घरमा पानी वितरण शुरु गरिने  

यस अघि मेलम्ची आयोजनाले उपत्यकाको काठमाण्डौ, ललितपुर, भक्तपुर कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्नको लागि काठमाण्डौको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी संकलन गरेको हो   १८ गते देखि मेलम्चीको पानी काठमाण्डौको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जम्मा गरेको पानी आज विहिबार  महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा आएको पनि प्रवक्ता राईले बताए उनका अनुसार भोलि पहिलो दिन मेलम्चीको पानी कपन एरिया , चावहिल जगबागेश्वरी न्युरोड क्षेत्रका बासीन्दाको  घरघरमा वितरण गरिनेछ

एक हप्ता भित्र उपत्यकाको सबै जस्तो क्षेत्रमा मेलम्चीको पानी  वितरण हुने पनि  केयूकेएलका प्रबक्ता राई स्पष्ट पारे   पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको उपत्यकाको विभिन्न १० स्थानमा रहेको रजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि पाइपबाट वितरण गर्नुपर्छ,’ प्रवक्ता राईले भने, ‘कतै छिटो पुग्छ, कतै प्राविधिक समस्याले ढिलो पुग्न सक्छ साताभित्र सबै धारामा सहज रुपमा पानी पुर्याउने आयोजनाको लक्ष्य रहको उनले बताए

उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवक्र्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ    

सम्बन्धित समाचार