२०८३ बैशाख १९ गते , शनिबार

धानको पूजा गरी धान्यपूर्णिमा मनाइँदै

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २२ गते , विहीबार
धानको पूजा गरी धान्यपूर्णिमा मनाइँदै

बिर्तामोड मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा

यसअघि, नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी दुप्चेश्वरलगायत स्थानमा मेलासमेत लाग्ने गर्दछ

सम्बन्धित समाचार