२०८३ बैशाख १९ गते , शनिबार

संसदका महासचिवलाई सर्वोच्चको चार प्रश्न

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २१ गते , बुधबार
संसदका महासचिवलाई सर्वोच्चको चार प्रश्न

काठमाण्डौ सर्वोच्च अदालतका न्यायाधीशहरुले यथास्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतमा प्रवेश नदिने संकेत गरेका छन्

संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र दिए लगत्तै बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेको थियो बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भनेपछि सर्वोच्चले संघीय संसदका महासचिवलाई पत्र लेखेको

सर्वोच्चको पहिलो प्रश्न २०७८ फागुन मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम वा छैन ?

दोस्रो नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ?

तेस्रो महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको हो ? वा निर्वाचनको मितिले ?

चौथौ नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ?

सम्बन्धित समाचार