२०८३ बैशाख १७ गते , विहीबार
विश्वकपमा पहिलोपटक एशियाबाट तीन देश नकआउट चरणमा
काठमाण्डौ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् ।
पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।
जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् ।
शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको हो ।
कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह ‘डी’को उपविजेता तथा जापान समूह ‘इ’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् ।