२०८३ बैशाख १९ गते , शनिबार

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान शुरु

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १६ गते , शुक्रबार
रवि लामिछानेको नागरिकताबारे अनुसन्धान शुरु

काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताबारे प्रहरीले अनुसन्धान थालेको

लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन बाट उम्मेदवार बनेको भन्दै छानबिन कारबाहीको मागसहित मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमाण्डौलाई त्यसबारे बुझ्न पत्राचार गरेको थियो त्यसक्रममाअनुसन्धान गर्नुपर्नेविषयहरु देखिएको भन्दै प्रशासनले छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाण्डौलाई पत्राचार गरेको

काठमाण्डौ प्रहरीका एसपी दिनेशराज मैनालीले लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रशासनबाट पत्र प्राप्त भएको बताए उनले भने, ‘पत्रका आधारमा छानबिन सुरु गरिसकेका छौं,’ उनले भने

लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएका थिए नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्यागेको कुनै औपचारिक प्रमाणपत्र नदेखाएको उजुरीमा उल्लेख त्यसरी नागरिकता त्याग गर्दा पनि कानूनतः पुनर्प्राप्तिको प्रक्रियामा जानुपर्नेमा उनले पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा भनिएको

यो कुरा रवि स्वयम्ले स्वीकार गरेका छन् विदेशी नागरिकता त्यागेको दावी गरेतापनि विदेशी नागरिकता त्यागेको नेपाली नागरिकता पुर्नप्राप्ति गरेको कुनै प्रमाण पेश गर्न सकेका छैनन,’ उजुरीमा भनिएको

अमेरिकाको नागरिकता फिर्ता गरेपछि अध्यागमन विभागको समस्या समाधान भएपछि अरु कुनै प्रक्रियामा नगएको लामिछानेले सार्वजनिक रुपमा भनेको उजुरीमा उल्लेख त्यसैले लामिछानेले दल दर्ता गर्दा निर्वाचन आयोगलाई गुमराहमा राखेको दाबी उजुरीमा

खारेज भइसकेको दाबी गरिएको नागरिकताकै आधारमा लामिछानेले राहदानी पनि बनाइसकेका छन् स्वयम् लामिछानेले चाहिँ चुनावअघि नेपालको कानून आकर्षित हुने कुनै पनि कसूर नगरेको बताएका थिए

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए आयोगले एक साताभित्र स्पष्टिकरण बुझाउन भनेको थियो तर, निर्वाचन परिणाम घोषणापछि उम्मेदवारको योग्यता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंग्याउन नसक्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको

 

सम्बन्धित समाचार