२०८३ बैशाख १७ गते , विहीबार

स्पेनलाई पछि पार्दै जापान विश्वकपको अन्तिम १६ मा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १६ गते , शुक्रबार
स्पेनलाई पछि पार्दै जापान विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं सनसनीपूर्ण खेलमा स्पेनमाथि गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूहको विजेतासमेत बन्यो समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो

अंकसहित समूह विजेता बनेको जापानले समूहएफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो

दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती मिनेटमै गोल फर्काउन सक्यो ४८औं मिनेटमा रित्सु डोआन त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो

सम्बन्धित समाचार