२०८३ बैशाख १९ गते , शनिबार

कारागारमा कपडा तथा पुस्तक वितरण

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १५ गते , विहीबार
कारागारमा कपडा तथा पुस्तक वितरण

भद्रपुर हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको एबीसी नेपालले आज आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा वितरण गर्नुका साथै पुस्तक प्रदान गरेको संस्थाले महिलाका लागी साडी, बालबालिकाका लागि न्यानो कपडा जीवनोपयोगी पुस्तक प्रदान गरेको हो

एबीसी नेपालको संयोजनमा भद्रपुर नगरपालिका, कानूनी परामर्स केन्द्र (ल्याक), साना हातहरु नामक संस्था लगायतको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न कारणले कैदी जीवन बिताइरहेका महिला बालबालिकालाई कपडा वितरण गर्नुका साथै कानूनी परामर्श सेवा दिइएको थियो

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता तथा भद्रपुर नगरपालिका सामाजिक विकास शाखाकी प्रमुख सिता गुरागाँईको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले १६ दिन अभियान सञ्चालन गरेर मात्र लैङ्गिक हिंसा अन्त्य नहुने बताउँदै सबै दिन अभियानका रुपमा अघि बढाउनु पर्नेमा जोड दिए

कारागारभित्र रहेका महिलाहरूको सीप विकासका लागि सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्वता जनाउँदै नगर प्रमुख पोखरेलले पुरूष कारागारमा समस्याका रुपमा रहेको शौचालयको व्यवस्थापनका लागि झापाका सबै पालिकासँग समन्वय गरि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिए

कार्यक्रममा विशेष अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले हिंसा विरुद्ध प्रत्येक दिन बोल्नका लागि आह््रवान गरिन्

कारागार प्रमुख मोहनप्रसाद पनेरुले महिला बन्दीहरुका लागि संस्थाले गरेको सहयोग प्रति सम्मान गर्दै बन्दी महिलाहरुले पनि ठूलो राशी खर्चेर संस्थाले दिएको सीपलाई उत्पादनसंग जोड्नुपर्ने बताए

कार्यक्रममा अधिवक्ता रञ्जिता कार्कीले कारागारभित्र रहेका बच्चाका आमालाई विशेष व्यवस्था हुनुपर्नेमा जोड दिंदै आवश्यकता परे निशुल्क कानूनी सेवा दिन आफू तयार रहेको प्रतिवद्धता जनाइन

महिलातर्फका आन्तरिक प्रशासन प्रमुख रिता राईले पुरुषको तुलनामा महिलाको संख्या सानो भएपनि शौचालय लगायतको समस्या भोग्नु परेको भन्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराइन

एबसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला कतिपय अञ्जानमै जेलमा पुग्ने गरेको उल्लेख गर्दै कारागारमा जति बस्नु परेपनि सीप सिकेर दक्ष बने पुनस्र्थापित जीवनमा सहज हुनेतर्फ सचेत गराउँदै सीप सिक्न इच्छुकलाई आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाइन्

एबीसी नेपालकी उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा सहसचिव उमा शिवाकोटीले औचित्यमाथि प्रकाश पारेकी थिइन भने महासचिव देविका बस्नेतले कार्यक्रमको सञ्चालन गरेकी थिइन्

जिल्ला कारागार झापाको महिलातर्फ ७१ जना महिला जना बालबालिका रहेका छन् एबीसी नेपालले विगत लामो समयदेखि कारगारभित्र रहेका महिलाहरुलाई ब्याग सिलाउने तथा कपडा सिलाईकटाई तालिम दिनुका साथै सिलाई मेसीन समेत प्रदान गरेको थियो विहीबार वितरित कपडा विर्तामोडस्थित पूजाज कलेक्सनले सौजन्य गरेको बताइएको

सम्बन्धित समाचार