२०८३ बैशाख १९ गते , शनिबार
मनमोहन अस्पतालद्वारा रक्तदान आयोजना
बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अहिलेको रगत अभावलाई मध्यनजर गरेर अस्पतालले बुधबार अस्पताल परिसरमा रक्तदान आयोजना गरेको हो ।
लायन्स क्लब अफ बिर्तामोड सिटी, रोटरी क्लब अफ बिर्तामोड मिड टाउन र युवा नागरिक समाज झापासँगको सहकार्यमा आयोजित कार्यक्रममा रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको अस्पतालका प्रशासक कोमल राईले जानकारी दिए । बिहान ८ देखि २ बजेसम्म आयोजित कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको उनले बताए ।