२०८३ बैशाख १९ गते , शनिबार

ओलीलाई बालेनको जवाफ: सुकुम्बासी तपाईको भोट बैंकमात्र भए

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १३ गते , मंगलबार
ओलीलाई बालेनको जवाफ: सुकुम्बासी तपाईको भोट बैंकमात्र भए

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भोट बैंक मात्र रहेको बताएका छन्। 
मंगलबार फेसबुकमा स्टाटस राख्दै बालेनले केपी शर्मा ओलीको लागि सुकुम्बासीहरू केबल भोट बैंक मात्र रहेको बताएका हुन्। 
अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको उक्त धारणा आउनु सामान्य विषय भएको बालेनले‍ स्टाटसमा लेखेका छन्। 
मंगलबार दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका थिए।
‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो’, ओलीले भनेका थिए।
सोही वक्तव्यको जवाफ दिँदै बालेनले २०४७ सालयता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्बासी समस्या समाधान गर्न नसकेको तर्क गरेका छन्। 
‘दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन?,’ उनले लेखेका छन्, 'सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे। बरू तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो।'

सम्बन्धित समाचार