२०८३ बैशाख १९ गते , शनिबार
एमाले अध्यक्ष ओलीको जित निश्चित
बिर्तामोड । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ ।
ओली करिब १० हजार मत गणना गर्न बाँकि हुँदा २६ हजार मतले अगाडी छन् । उनले ४८ हजार ९४६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. खगेन्द्र (पाण्डव) अधिकारीले २२ हजार ६२८ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा १ लाख २ हजार १५० मत खसेको र ९२ हजार ८८० मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई पराजित गरेका थिए । ओलीले ५९ हजार १३९ मत ल्याएका थिए भने अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए ।