२०८३ बैशाख १९ गते , शनिबार

वीरता लेडी जेसीजले १५ वर्ष पछि राष्ट्रिय उपाध्यक्षमा दाबी गर्दै

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ६ गते , मंगलबार
वीरता लेडी जेसीजले १५ वर्ष पछि राष्ट्रिय उपाध्यक्षमा दाबी गर्दै

बिर्तामोड वीरता लेडी जेसीजले १५ वर्ष पछि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएको

निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यलाई  वीरता लेडी जेसीजले नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवार बनाएको हो

आउँदो पुष देखि १० गते सम्म वीरगन्जमा हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा आचार्यले उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने आज आयोजीत पत्रकार सम्मेलनमा अध्यक्ष संगिता चिमरियाले जानकारी दिइन्

सन् २००४ मा स्थापित वीरता लेडी जेसीजको इतिहासमा सन् २००७ मा देवि भण्डारीले राष्ट्रिय उपाध्यक्ष पदमा विजय हासिल गरेकी थिइन्

सन् २०१० मा वीरता लेडी जेसीजमा प्रवेश गरेदेखि सक्रिय भूमिका निर्वाह गर्दै पटक उत्कृष्ट जेसी अवार्ड बाट सम्मानित आचार्य गत वर्ष सन् २०२१ की शाखा अध्यक्ष हुन्

आफ्नो कार्यकालमा विभिन्न रचनात्मक दीर्घकालीन कार्यकमको शुरुवात गरेकी आचार्य गत वर्ष नेपाल जेसीजबाट धेरै वटा विधामा सम्मानित समेत भएकी थिइन्

प्राध्यापक, संचारकर्मी तथा प्रशिक्षक आचार्यलाई अमूल्य मत दिई विजय गराइदिनु हुन अध्यक्ष संगिता चिमरियाले सबै जेसीजहरुलाई आग्रहसमेत गरिन्

सम्बन्धित समाचार