२०८३ बैशाख १९ गते , शनिबार

कुन मतपत्र कस्तो रङको हुन्छ ?

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २ गते , शुक्रबार
कुन मतपत्र कस्तो रङको हुन्छ ?

बिर्तामोड । आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारको एउटा र समानुपातिकको अर्को मतपत्र हुन्छ ।

यस्तै प्रदेश सभाको एउटा प्रत्यक्ष उम्मेदवारको र अर्को समानुपातिक तर्फको गरी कुल ४ वटा मतपत्र हुन्छन्  । प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अर्थात उम्मेदवारलाई भोट दिने मतपत्र सेतो कागजमा रातो रङको मसीले लेखिएको विवरण र रातो रङको चिन्ह हुन्छ ।

यस्तै राजनीतिक दललाई मत दिने अर्थात् समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र सेतो कागजमा कालो रङको अक्षर र चुनाव चिन्ह हुन्छ । यो पटकको प्रतिनिधि सधा र प्रदेश सभा निर्वाचनका लागि प्रयोग हुने मतपत्रमा २ वटा मात्र रङ प्रयोग भएको आयोगका उपसचिव एवं सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । संक्षेपमा उम्मेदवारलाई भोट दिने मतपत्रमा रातो चुनाव चिन्ह हुन्छ भने समानुपातिक अर्थात् राजनीतिक दललाई भोट मतपत्रमा कालो रङको चुनाव चिन्ह हुन्छ ।

गत बैशाखमा भएको स्थानीय निर्वाचनमा भने सेतो कागजमा हरियो रङको विवरण र हरियो रङको चुनाव चिन्ह रहेका थिए ।

सम्बन्धित समाचार