२०८३ बैशाख १९ गते , शनिबार

औद्योगिक पार्कको नाममा सयौँको उठिबास

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १ गते , विहीबार
औद्योगिक पार्कको नाममा सयौँको उठिबास

दमक चीन नेपाल मैत्री औद्योगिक पार्क बनाउने नाममा सयौँ गरिबको उठिबास भएको दमक१०, कमल गौरादहको संगमस्थलमा औद्योगिक पार्क बनाउने नाममा सय बढी गरिबको उठिबास लागेको हो । 

नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा चीननेपालमैत्री औद्योगिक पार्कका अध्यक्ष हुन् निकै तामझामका साथ ०७७ फागुन १६ गते शिलान्यास गरिएको औद्योगिक पार्क अझै निर्माण सुरु हुन सकेको छैन २२ सय विघामा बनाउने हल्ला चलाएर थापासहितका नेताले स्वार्थ पूर्ती गरेपछि औद्योगिक पार्क निर्माण अलपत्र परेको स्थानीयहरु बताउँछन् औद्योगिक पार्क निर्माण गर्ने भन्दै सुकुम्बासीलाई मुआब्जा नै नदिई लखेटिएको गरिबलाई निकै न्यून मूल्यको मुआब्जा दिएर अन्याय गरिएको पीडितहरुले बताएका छन् हाम्रो जग्गाको फिल्डबुक धनीपूर्जा छैन, कमल बाह्रघरेकी पीडित पवित्रा बोहोरा भन्छिन्, ‘अब हामीलाई यहाँ बस्न नदिने रे

चीन नेपाल मैत्री औद्योगिक पार्क पीडितहरु


कमल का भक्ति सिवाकोटीसँग धनीपूर्जा तर, उनको जग्गाको मोठ कायम छैन मोठ कायम नभएको भन्दै थापा समिति अध्यक्ष रहेको औद्योगिक पार्कले उनको उठिवास लगाएको मुआब्जा बापतको पैसा नै दिएको छैन सिटौला भन्छन्, – ‘हामीसँग ०५१ सालदेखि धनीपूर्जा एक विघा १५ धुर जग्गाको मुआब्जा नै दिएनन् नापीमा जाँदा धनीपूर्जा नै फालिदियो हामीले न्याय पाइएन हजुर

उनीहरु यो  औद्योगिक पार्कले गरिबलाई झन् समस्या पारेको बताउँछन् अन्य ठाउँमा जग्गा नै नआउने गरीको मुआब्जा दिएर अन्याय गरेको पीडित गोपाल चौहान बताउँछन् जग्गा एक विघा थियो २१ लाख रुपैयाँ दिएर घेराबारा ¥यो एक विघाको मुआब्जाले एक कठ्ठा माटो किन्न सकिएन रोएर बाध्य भएर जग्गा दिएका छौ, गोपालले भने गोपालले मुआब्जा दिँदासमेत विभेद गरेको बताए उनले कतै २० लाख एउटै खालको जग्गालाई कतै ८० लाखसम्म दिएको उनले बताए

स्थानीय भीमलाल लोहनी थापाका नजिकका मान्छेलाई धेरै मुआब्जा दिएर अरुलाई एकदम कम दिएको बताए भीमलाल भन्छन्–‘तीन तीर पिच भको मेरो जग्गालाइ २० लाख रुपेँ कठ्ठा दिए नजिकका मान्छेलाई खोलाको  जग्गालाई  ४५ लाखसम्म दिए हामीलाई खाली कागजमा हस्ताक्षर गराए मुद्दा हाल्दा पनि सुनुवाई नभएको गुनासो गरे

सम्बन्धित समाचार