२०८३ बैशाख १८ गते , शुक्रबार

पूर्वाञ्चल दैनिक २८औं बर्षमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १ गते , विहीबार
पूर्वाञ्चल दैनिक २८औं बर्षमा प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २८औं बर्षमा प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक अफसेट प्रविधि भित्र्याएर बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले सफलतापूर्वक २८औं बर्षमा प्रवेश गरेको हो । 
श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक प्रेस काउन्सिलद्वारा ‘क’ श्रेणीमा वर्गीकृत समाचारपत्र  अनलाइन पोर्टलमार्फत विश्वभर पाठकहरुका माझ पुग्न सफल भएको छ । अनलाइन पोर्टलमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न सकिने भएकाले पाठक, विज्ञापनदाता तथा शुभचिन्तकहरुको रोजाइमा रहेको पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले बताए ।
पत्रकारिताको आधारभूत सिद्धान्त एवम् पत्रकार आचारसंहिताको मूल मर्म र भावना अनुसार वस्तुनिष्ठ, सत्य–तथ्य, सन्तुलित, खोजमूलक समाचार सामग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई सचेत र गतिशील बनाउँदै लैजाने कार्यमा पूर्वाञ्चल रहेको बताइएको छ । नेपाली पत्रकारिताको संस्थागत विकास र स्थानीय पत्रकारिताको प्रबर्धनमा समेत पूर्वाञ्चल दैनिक लक्षित रहेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, मर्यादित, निष्पक्ष, भयरहित र स्वतन्त्र ढंगले सम्पन्न गर्न स्वतन्त्र रुपमा समाचारहरु पस्कँदै आएको जनाइएको छ । 

सम्बन्धित समाचार