बसको ठक्करबाट मैनाली दम्पतीको मृत्यु
बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई–७ मा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ६ का मैनाली दम्पती रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनमा गम्भीर घाइते मैनालीद्वयलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।
दुर्घटनामा ठक्कर दिने बस र बस चालक जिल्ला मोरङ सुन्दरहरैचा ६ का बर्ष ४० को भुपाल देवानलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।