२०८३ बैशाख १८ गते , शुक्रबार

समाजसेवी खनालद्वारा सामुदायिक भवनका लागि १ लाख सहयोग

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २८ गते , सोमबार
समाजसेवी खनालद्वारा सामुदायिक भवनका लागि १ लाख सहयोग

बिर्तामोड झापा बिर्तामोड निवासी समाजसेवी गणेश खनालले स्थानीय सिद्धिविनायक भजन किर्तन मण्डलीलाई लाख हजार सय रुपैँया आर्थिक सहयोग गरेका छन् खनालले मण्डलीले बिर्तामोड स्थित मेघाबारी टोलमा निर्माण गरिरहेको गणेश मन्दिर तथा ज्येष्ठ नागरिक चौतारी एवम् सामुदायिक भवनका लागि सहयोग उपलब्ध गराएका हुन्

खनाल परिवारले आइतबार सो रकम निर्माण समितिका संयोजक भोलानाथ गुरागाईँलाई हस्तान्तरण गरेका हुन् उनले सामाजिक कार्यमा सबैको मन जाओस भन्ने उद्धेश्यले सहयोग गरेको बताए आफुले राज्यकोषबाट प्राप्त गर्ने पेन्सनको रकम बचाएर मण्डलीलाई सहयोग गरेको उनको भनाई मानिस ज्युँदो छँदा समाजमा गरेका काम मृत्यु पर्यन्तपनि गहनाको रुपमा रहने भएका कारण सबैले सामाजिक काममा सहभागी हुनुपर्ने खनालको भनाई । 
खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोष, स्थानीय ज्येष्ठ नागरिक चौतारीलगायत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका छन् । 

सम्बन्धित समाचार