२०८३ बैशाख १८ गते , शुक्रबार

प्रतिबन्धित माछा नगरपालिकाद्वारा नष्ट

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २७ गते , आईतबार
प्रतिबन्धित माछा नगरपालिकाद्वारा नष्ट

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषिथोकबाट बरामद गरेको माहुर (मुंग्री) हाइब्रेड माछा आइतबार नष्ट गरेको छ । 
शनिबार साँझ वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । 
नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए । 
नियन्त्रणमा लिएको माछा बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मीप्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहनसिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानीयको रोहबरमा माछा नष्ट गरिएको प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए । 
नगर उपप्रमुख संग्रौलाले यस प्रकारको प्रतिवन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गरे । उनले अवैध र मरेका माछा बिर्तामोड नगरक्षेत्र भित्र विक्री वितरण गरेको भेटिएमा कानून अनुसार नगरपालिकाले कारबाही गर्ने चेतावनीसमेत दिए । 

सम्बन्धित समाचार