२०८३ बैशाख १८ गते , शुक्रबार
पुलबाट खसेर मेचीनगरमा एक जनाको मृत्यु
बिर्तामोड । मेचीनगरमा पुलबाट झरेर एक जनाको मृत्यु भएको छ । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झर्दा एक साइकलयात्रीको मृत्यु भएको हो ।
आज बिहान पुलमुनि शव फेला परेकाे थियो । बुद्धशान्ती-५ का ४५ बर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहले जनाएको छ ।