कात्तिक २४ र २५ गते प्रदेश १ मा सार्वजनिक विदा
बिर्तामोड । कात्तिक २४ र २५ गते प्रदेश १ मा सार्वजनिक विदा दिइएको छ ।
प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा कात्तिक २४ गते बिहीबार र फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते शुक्रबार विदा दिइएको हो ।
थापाको शोकमा प्रदेशले बिहीबार सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले विज्ञप्ति निकालेर विदाको जानकारी दिएका हुन् ।
उनका अनुसार प्रदेशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरु बन्द हुने छन् । सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ ।
मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । उनी नियोनियाबाट ग्रसित थिए ।