२०८३ बैशाख १८ गते , शुक्रबार

कामना सेवाद्वारा पाउ पाथिभरा मन्दिरलाई डष्टबिन प्रदान

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २२ गते , मंगलबार
कामना सेवाद्वारा पाउ पाथिभरा मन्दिरलाई डष्टबिन प्रदान

बिर्तामोड कामना सेवा विकास बैंकले झापाको चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरलाई डष्टबिन हस्तान्तरण गरेको बैंकले १६औँ बार्षिकोत्सवको अवसरमा मन्दिरलाई डष्टविन प्रदान गरेको हो

बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पाँच थान डष्टबिन सोको स्टेण्ड प्रदान गरेको बैंकका बिर्तामोड शाखा प्रमुख उमेश पौडेलले जानकारी दिए पौडेलका अनुसार बैंकका प्रदेश प्रमुख खिमलाल भुसालले मन्दिर व्यवस्थापन समितिका सचिव नवराज भट्टराईलाई उक्त डष्टबिन हस्तान्तरण गरेका हुन्  

सो अवसरमा बैंकका कर्मचारीहरुले मन्दिर परिसरमा सरसफाईसमेत गरेका थिए कार्यक्रममा बैंकका बुधबारे शाखा प्रमुख मन राजवंशी, इटाभट्टा शाखा प्रमुख  विशाल तामाङ, क्लष्टर प्रमुख सुवर्ण श्रेष्ठबिर्तामोड शाखाकी सर्भिस म्यानेजर सबिना गौतमलगायत ती सबै शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो  

सम्बन्धित समाचार