२०८३ बैशाख १९ गते , शनिबार
बैंकको अब्यवहारिक नीतिको उवा संघले बिरोध गर्ने
बिर्तामोड । बैंकहरुले गरेको ब्याज वृद्धि र राष्ट्र बैंकको अब्यवहारिक नीतिको बिरुद्धमा बिर्तामोड उद्योग वाणिज्य संघले बिरोध गर्ने भएको छ । संघले मङ्गलबार एक सुचना प्रकाशित गरि सो बारे जानकारी गराएको हो ।
बिरोध स्वरुप संघले कार्तिक २३ गते बुधबार बैंकमा कारोबार नगर्न ब्यवसायीहरुलाई आग्रह गरेको छ । बैंकहरुले गरेको ब्याज वृद्धि र राष्ट्र बैंकको अब्यवहारिक नीतिको बिरुद्धमा दबाब सिर्जना गर्न सोही दिन प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गर्ने समेत जनाएको छ ।
महासचिब अर्जुनकुमार मैनाली र अध्यक्ष प्रकाश शिवाकोटीद्वारा हस्ताक्षरित सुचनामा जुलुस प्रदर्शनको लागि बिहान १० बजे उवा संघको कार्यालयमा उपस्थित हुनसमेत ब्यवसायीहरुलाई आग्रह गरेको छ ।