२०८३ बैशाख १८ गते , शुक्रबार

मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २१ गते , सोमबार
मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी

बिर्तामोड । झापाको मेचीनगर-९, बालुवाटरमा रहेको लिप प्लस प्रा.लि.(दुना टपरी फ्याक्ट्री) मा आगलागी भएको छ । सोमबार बिहान करिब १ बजे फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय हरी दाहाल, दाङको घोराही उपमहानगरपालिका-१७ बस्ने स्वाभिमान आचार्य, तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने बिधान पोखरेल, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका-५ बस्ने कोबिडसिंह बानिया लगायत ब्यवसायीहरुले साझेदारीमा फ्याक्ट्री संचालन गर्दै आएका थिए । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोली र स्थानियबासीले मेचीनगर नगरपालिका, कमल गाउँपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा ०२:४० बजे आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।   आगलागीबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।  

सम्बन्धित समाचार