२०८३ बैशाख १९ गते , शनिबार

अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १८ गते , शुक्रबार
अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै

काठमाण्डौ । पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलका अमेरिकी सेनामा कार्यरत छोरा निशानको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम अझै कायम रहेको पाइएको छ।
निशानले अमेरिकी नागरिकता लिएको भए नेपाली नागरिकता कायम राख्नु र मतदाता नामावलीमा नाम रहनु कानुनविपरीत हुन्छ। नेपालमा दोहोरो नागरिकता लिन पाइने कानुन छैन।
अमेरिकी सेनामा कुनै पनि विदेशी भर्ना हुन स्थायी बसोबासको अनुमति (ग्रिन कार्ड) भएको वा अमेरिकाको नागरिकता लिएको हुनुपर्छ।
निशानले अमेरिकी सेनामा भर्ती भएर त्यहाँको नागरिकता लिएका भए किन मतदाता नामावलीमा नाम कायम छ भनेर हामीले खरेललाई सोधेका थियौं।
खरेलले आफ्ना छोराले अमेरिकी नागरिकता लिएको इन्कार गरेनन्। तर उक्त कुरा यकिनसँग भन्न नसक्ने बताउँदै उनले नेपाली नागरिकता त्याग्ने-नत्याग्ने छोराकै कुरा भएको जवाफ दिए।
‘मेरो छोराले कहाँ जागिर खाने भन्ने उसको छनोटको अधिकार हो। ऊ अमेरिकी सेनामा जागिर गरेको सात वर्षजति भयो। यसबीच उसले यहाँ आएर मतदान गरेको छैन। यहाँको नागरिकता त्याग्ने-नत्याग्ने उसकै कुरा हो। मैले त्यहाँको नागरिकता लिएको हो कि होइन भनेर सोधेको छैन,’ खरेलले सेतोपाटीसँग भने।
झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका खरेल कानुनमन्त्री र महान्यायाधिवक्ता रहिसकेका छन्। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार