२०८३ बैशाख १८ गते , शुक्रबार

पुर्पक्षका लागि सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १८ गते , शुक्रबार
पुर्पक्षका लागि सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ । नाबालिग बलात्कार अभियोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 
सोमबार काठमाण्डौ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।
काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले आदेश दिएसँगै लामिछानेलाई कारागार केन्द्रीय कार्यालय जगन्नाथदेवल पठाइने भएको छ । गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । 

सम्बन्धित समाचार