२०८३ बैशाख १८ गते , शुक्रबार

सन्दीप विरुद्धको मुद्दामा आजपनि थुनछेक बहस

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १८ गते , शुक्रबार
सन्दीप विरुद्धको मुद्दामा आजपनि थुनछेक बहस

काठमाण्डौ क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ
काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् सरकारी वकीलको तर्फबाट पनि बहस हुने
सन्दीपका तर्फबाट बिहीवार जना अधिवक्ताले बहस गरेका थिए बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो उक्त मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको
गत भदौ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न वेष्टइन्डिजमा थिए उतैबाट अमेरिका पुगेका उनी २० असोजमा नेपाल फर्किएका थिए

सम्बन्धित समाचार