२०८३ बैशाख १८ गते , शुक्रबार

बहुसाँस्कृतिक मुस्लिम युवा ‘आलम’

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १३ गते , आईतबार
बहुसाँस्कृतिक मुस्लिम युवा ‘आलम’

बिर्तामोड विराटनगरका बासिन्दा वसिम आलम राजनीतिक वृत्तमा चिनिएको नाम हो नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियु्का सहअध्यक्ष आलम हरेक आन्दोलनका अगुवाका रुपमा पनि स्थापित छन् सामाजिक राजनीतिक विषयमा सामाजिक सन्जालमार्फत तिखो टिप्पणी पनि गरिरहन्छन्

त्यसो एउटा राजनीतिक कार्यकर्ताको दायित्व निर्वाहमा मात्रै सिमित भने उनी छैनन्   सामाजिक सन्जालमा पछ्याउने हरेकले उनका बारे थाहा पाउने अर्को पाटो पनि , नेपालका हरेक  साँस्कृतिक चाडपर्वहरुप्रतिको उनको लोभलाग्दो लगाव अनुकरणीय सहिष्णु शैली उनको विशेषता हो त्यसैले मुस्लिम समुदायका उनी आफ्नो पर्वहरु मनाउँछन् नै, मुलुकभित्र मनाइने अन्य पर्वहरु, संस्कृतिहरुमा पनि उत्तिकै सक्रियतापूर्वक सहभागी हुन्छन्

दँशैमा टीका ग्रहण गर्दै आलम


मलाई आफ्नो जातीय संस्कृति, संस्कारप्रति गौरवबोध   हरेक शुक्रबार मस्जिदमा गएर नमाज पढ्ने आलम भन्छन्त्यतिकै श्रद्धा मलाई अन्य जातीय सांस्कृतिक चलनहरुप्रति पनि इद होस् या दसैं, नेपाल सम्वत होस् वा उधौली सबै पर्वहरु हाम्रा संस्कृतिका धरोहरहरु हुन्   हाम्रा लागि यी सबै पर्वहरु श्रद्धायोग्य धरोहर हुन्। त्यसैले यी सबैमा मेरो उस्तै उत्साहको तहमा सहभागिता रहन्छ

त्यसो उनी  आफ्नो जातीय संस्कृतिले निर्धारण गरेका हरेक नियमको कडाईपूर्वक पालना पनि गर्छन् त्यसबाहेक नेपालका हिन्दूहरुले मनाउने चाडपर्वहरुमा पनि उत्तिकै लगावपूर्वक सहभागी हुन्छन् त्यही भएर उनी कहिले चेलीबेटीहरुबाट रक्षाबन्धनमाराखी लगाइरहेका हुन्छन् भने तिहारमा तिनै चेलीबेटीहरुबाट टीका आशिर्वाद थापिरहेका भेटिन्छन् भने छठको रमाइलोमा पनि रमिरहेका भेटिन्छन्

 तिहारमा टीका लगाउँदै आलम


उनी  किरात समुदायका ज्वाइँ हुन् विराटनगरकै सन्जु राईसँग वैवाहिक यात्रा अघि बढाइरहेका उनी दसैंमा मान्यजनहरुबाट हरेक वर्ष टीका थाप्छन् तिहारमा उनले टीका लगाउने चेलीबेटीको संख्या नै आधा दर्जनभन्दा बढी मेरा चेलीबेटीहरुको आशिर्वाद  रक्षाधन्धन तिहारमा मैले अपेक्षा गर्ने सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ आलमले थपेदसैंमा मान्यजनहरुको आशिष आफन्तजनहरुसँगको मेलमिलाप अर्को आकर्षक पक्ष लाग्छ

मुस्लिम समुदायको हरेक सांस्कृतिक परम्पराप्रति उनको गहिरो लगाव

राजनीतिमासार्वजनिक खपत को शैली ह्वात्तै बढेको अहिले चुनावका बेला झनै उम्मेदवारहरु धान काट्न खेतैमा पस्ने, कसैले आँगन बढारिदिने गरेका दृश्यपनि देखिन्छन् राजनीतिमा सम्भावना भएका युवा नेता आलमले भने राजनीतिमा नलाग्दै यी सबै चाडपर्वहरु मनाउन थालिसकेका थिए उनी यी हरेक पर्वहरुमा बाल्यकालदेखि नै सहभागी हुँदै आएका छन् फरक यत्ति हो, त्यसबेला उनको यो शैली सानो घेरामा सिमित थियो जब उनले राजनीतिक सामाजिक परिचय बनाए, उनको यो शैलीको चर्चा अन्यत्र पनि फैलिँदै गयो

मैले बाल्यकालदेखि नै दशैं तिहार मनाउँदै आएको हुँ,’ उनले भने,  ‘मलाई नेपालका हरेक चाडपर्वहरू आफ्नो लाग्छन्। कुनै पनि धर्म संस्कृतिले अन्य समुदायको धर्म संस्कृतिलाई निषेध गर्दैन, हाम्रा धर्म संस्कृतिहरु आपसी मेलमिलाप, एकता सहकार्यका पर्याय हुन्

वसिम सक्रिय युवा राजनीतिज्ञ मात्रै होइनन्, उत्तिकै सक्रिय सामाजिक अभियन्ता पनि हुन् बाढीको विपद् होस् अथवा कोरोनाको कहर, गरिब असहायहरुका लागि दरिलो साथी बनेर उनी उनको टिम उभिँदै आएको विराटनगर क्षेत्रमा उनले कोरोनाकालमा गरेको कामको चर्चा अहिले पनि सार्वजनिक वृत्तमा हुने गर्छ

कोरोना कालमा सर्वसाधारण घरभित्र थुनिएका बेला  विपन्न, असहाय मजदुरलगायत कैयौँ परिवारलाई हातमुख जोर्न हम्मेहम्मे परेको बेला उनको नेतृत्वमा उनीहरुलाई खाना खुवाउने काम हप्तौंसम्म चलेको थियो हाम्रो अभियानमार्फत उनको नेतृत्वको टिमले खाना खुवाउनुको अतिरिक्त लत्ताकपडा प्रदान गर्ने कामसमेत गर्दै आएको अभियान अहिले पनि निरन्तर

मार्क्सवादीविचारका पक्षपाती आलम सक्नेले नसक्नेका लागि केही गर्नु नै प्रमुख कुरा हुने बताउँछन् मार्क्सवादीहरु धर्म संस्कारविरोधी हुन्छन् भन्ने आरोपको पनि खण्डन गर्दै उनी थप्छन्निरन्तर जनतामाझ रहनु, उनीहरुकै कुरा सुन्नु, उनीहरुबाटै सिक्नु, उनीहरुसँगै रमाउनु मार्क्सवादको निर्देशन हो साँस्कृतिक उत्सवहरु त्यसैका एक कडी हुन् हो, अन्धविश्वासबाट चाहिँ हामी जोगिनुपर्छ  

सम्बन्धित समाचार