२०८३ बैशाख १८ गते , शुक्रबार

आज भाइटीका, उत्तम साइत ११ः३७ बजे

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १० गते , विहीबार
आज भाइटीका, उत्तम साइत ११ः३७ बजे

बिर्तामोड तिहारको मुख्य दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् आजको दिनलाई यमद्वितीया पनि भनिन्छ

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो नीलो गरी पाँचवटा उल्लेख गरिएको

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवम् सेलरोटीलगायतका खानेकुरा दिने दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा

सम्बन्धित समाचार