२०८३ बैशाख १८ गते , शुक्रबार

रहस्यमयी दरबार हत्या काण्डको २१ बर्ष पूरा

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १९ गते , विहीबार
रहस्यमयी दरबार हत्या काण्डको २१ बर्ष पूरा

बिर्तामोड आज जेठ १९ अर्थात राजा विरेन्द्रको समूल अन्त्य भएको दिन २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ गते रहस्यमय ढंगबाट राजा विरेन्द्र उनको परिवारको हत्या भएको थियो नशाको सुरमा आफ्ना परिवारको हत्या गरेको भनेर दिपेन्द्रमाथि आरोप थोपरिएपनि  घटनाभने रहस्यमयी नै

युवराज दीपेन्द्रले बुवा विरेन्द्र, आमा ऐश्वर्य, बहिनी श्रुति, भाई निराजन, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली प्रहार गरी हत्या गरेको भनेर प्रतिवेदन तयार पारिएपनि आम जनताले भने अहिलेसम्म पत्याउन सकेका छैनन्

त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् कहालीलाग्दो दर्दनाक अतित भनेर स्मरण गर्छन् राजतन्त्रको जरा काटिएको दिन भनेर बुझ्छन्

तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएर लेख नै प्रकाशित गरे, ‘नयाँ कोत पर्वलाई मान्यता नदिऔं देश दुनियाँले राजदरबार हत्याकाण्डबारे अनेक कोणबाट आआफ्नो दृष्टिकोण पेश गरे चिनिया प्राध्यापक वाङ् चुङ्ले नारायणहिटी घटनाका खलनायक भन्दै आफ्नो किताबनेपालको सुरक्षात्मक रणनीति को पृष्ठ १९ मा अमेरिकी भारतीय गुप्तचर संस्थाको हात रहेको भनेका छन् काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका थिए

राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे तत्कालीन शाही नेपाली सेनाको अक्षमताबारे भयंकर आलोचना भयो राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो यस्ता रहस्यमय घटनाको विशेषता प्रवृत्ति नै यस्तो हुँदोरहेछ, जसले शंकाको सुइ जता पनि तेर्साउन मिल्ने बनाउँदो रहेछ

तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सभामुख तारानाथ रानाभाट विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा पहिले बस्न मानेर पनि पछि बसेनन् एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा नाम नखुलेको कालो पदार्थ सेवन पश्चात उक्त जघन्य अपराध गरेको किटान गर्यो

उक्त दावी आम मान्छे पत्याउन मन्जुर छैनन् वैज्ञानिक विश्वसनीय अनुसन्धान नभएको भनेर सर्वत्र आलोचना वस्तुगत, प्रयोगात्मक प्रविधियुक्त अध्ययन नभएकोले यसको शुद्धता निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको सामान्य शङ्का प्रश्न सामान्य नै मानिन्छ तर आम मान्छेले आजसम्म पत्याएका छैनन् वैज्ञानिक विधि विधान बिनाको सतही अनुसन्धान प्रतिवेदन भनेका छन् त्यसैले त्यो निर्मम घटना रहस्यको पर्दाभित्र नै

राजनीतिक पार्टीहरूले पनि समय समयमा यस घटनाबारे थुप्रै फण्डा गरे यसको प्रामाणिकतामा आआफ्नो अनुकूल व्याख्या विश्लेषण गरे समग्रमा शङ्कास्पद गतिविधि गरे सत्ता प्राप्ति अप्राप्तिको विषय बनाए  तर, जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छानबीन आयोग बनाउन जाँगर देखाएका छैनन् यसर्थ पनि घटना खुल्दुली कौतुहलताको विषय बनेको सत्यतथ्य जनविश्वास प्राप्त आधिकारिकता नहुञ्जेल घटना रहस्यको मूल केन्द्रमा रहने नेपाल मात्र होइन, विश्व नै यसबारे जिज्ञासु बनिरहने आजको विषय घटनाको अनुसन्धान केन्द्रीत नभएर राजा वीरेन्द्रलाई स्मरण गर्नु मात्र रहेको  

सम्बन्धित समाचार