२०८३ बैशाख १८ गते , शुक्रबार

‘गुमनाम’ दानविर गुरुप्रसाद

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ९ गते , सोमबार
‘गुमनाम’ दानविर गुरुप्रसाद

ताप्लेजुङको खोक्लिङमा २००१ साल भदौ १८ गते जन्मिएका गुरुप्रसाद ओझा बिर्तामोड नगरपालिका वडा नम्बर का स्थायी बासिन्दा हुन् ताप्लेजुङबाट २०२६ सालमा झापा झरेका ओझा अहिले बिर्तामोडको किलोमिटर चोकमा स्थायी बसोबास गर्छन् ओझाले आफूलाई झापामा दानविर बनाएका छन्

झापाका विभिन्न संघसंस्थालाई ओझाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् मनका धनी ओझाले पछिल्लो समय बिर्तामोड मेघाबारी टोलमा ज्येष्ठ नागरिक चौतारी तथा गणेश मन्दिर निर्माणका लागि सिद्धिबिनायक भजन किर्तन मण्डलीलाई जग्गा उपलब्ध गराएका छन् ओझाले मण्डलीलाई ११ धुर जग्गा उपलब्ध गराएका हुन् सो जग्गाको मुल्य २७ लाख ५० हजारभन्दा बढी पर्ने स्थानीयहरु बताउँछन् । ‘जीवनको उत्तरार्धमा रहेका ज्येष्ठ नागरिकहरुलाई भेटघाट तथा गफगाफ गर्ने ठाउँ बनाउन दिएको हुँ, ओझाले भने,मन्दिर सनातन हिन्दुहरुको पवित्र स्थल हो जसले सबैको मनलाई शान्त बनाउँछ

गुरुप्रसादको खुला दिलका कारण कैयन् अनाथ बालबालिका तथा परिवारविहिन वृद्धवृद्धाले आश्रयस्थल पाएका छन्

ओझाले आफ्नै घर छेउमा कठ्ठा जग्गा उपलब्ध गराएर परोपकार वृद्धाश्रम तथा अनुसन्धान केन्द्रको स्थापना भएको वृद्धाश्रम सञ्चालनका लागि उनले नगद १० लाख समेत उपलब्ध गराएको ओझा बताउँछन् उनले उपलब्ध गराएको जमिनमा बनेको भवनमा यतिबेला ३० जनाभन्दा बढी वृद्धवृद्धाहरु आश्रित रहेका छन्

ओझाले वृद्धाश्रमका साथै अनाथ बालबालिकाको संरक्षणमा जुटेको बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई समेत कठ्ठा जग्गा उपलब्ध गराएका छन् उक्त जमिनमा बनेको अनाथआश्रममा कैयन बालबालिका हुर्किरहेका छन्

उनले बिर्तामोड स्थित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रलाई कठ्ठा जमिन उपलब्ध गराएका छन् ओझा उक्त राजयोगमा समेत उत्तिकै सकृय छन् ७८ बर्षीय ओझा एकाविहानै ओमशान्ति भवन जाने गरेको बताउँछन् धर्मकर्मप्रतिको लगावले मनमा शान्ति हुने उनको भनाई विहानै उठेर ओमशान्ति जाने प्रवचन सुन्ने, मेडिटेसन गर्ने उनको दैनिकी बनेको

ओझाले केहि बर्ष पहिले बिर्तामोड कै उप्रेती सेवा समाजलाई करिब २३ लाख मुल्यको जग्गा उपलब्ध गराएको बताउँछन् कोहि माग्न आए खालि हात नफर्काउने ओझाको स्वभावलाई गाउँलेहरु दानविरको संज्ञा दिन्छन्

ओझाले यतिधेरै संघसंस्थाहरुलाई उपलब्ध गराएको जग्गा उनको पुख्र्यौली सम्पति भने होइन उनी आफ्ना मावली हजुरबुवा छविलाल बास्कोटाको प्रेरणाबाट २०२३-०२४ साल अघि माइला भाइसँग झापा झरेर अर्काको जमिनमा अँधिया खेती गरे झापाको उर्वर माटोमा अधिकतम् अन्न फलाए त्यहि अन्न बिक्रीबाट भएको आम्दानीले विगाह जग्गा किने त्यसपछि ओझा परिवार २०२६ सालमा सपरिवार झापा झरे झापा आएर उनीहरुले पहाडबाट ल्याएको पैसाले १७ कठ्ठा जग्गा किने उनले झापामा मात्र नभएर सुनसरीको कालाबञ्जर चक्रघट्टीसम्म गएर खेती गरेको विगत सम्झन्छन् उनले चक्रघट्टीमा विगाह खेती गरेर बर्षमा कमाएको पैसाले सुनसरीको पकलीमा विगाह जग्गा किनेको बताउँछन् उनले पछि त्यो जग्गा बेचेर बिर्तामोडमा नै कठ्ठा जग्गा किने

यसरी विभिन्न समयमा जोडेको जग्गा २०४२ सालमा अंश गर्दा उनको भागमा कठ्ठा जग्गा परेको ओझा बताउँछन् झापामा उनले भैँसी पालन गरे बैँकबाट भैँसी पालनका लागि लिएको ऋणले समेत उनले जग्गा जोडेको सुनाउँछन् उनले त्यसरी लिएको ऋणबाट १६ कठ्ठा किनेका थिए उनले त्यसरी नै किन्दै बेच्दै गरेर जग्गा जोड्दै लगेको बताउँछन्

ओझाको विगत त्यति सहज भने भएन उनले शिक्षाको नाममा मावली हजुरबुवासँग जम्मा तीन महिनामात्र पढ्न पाएको विगत स्मरण गर्छन ओझाले धरान ओलाङचुङगोलाबाट नुन ओसारेको बताउँछन् धानसँग ओलाङचुङगोलाबाट नुन साट्ने गरेको ओझाको स्मरणमा ताजै श्रम गर्न नहिच्किचाउने ओझाले मेची राजमार्ग निर्माण हुँदा बिर्तामोड खण्डमा दैनिक रुपैँया ज्यालामा बाटो खनेको सम्झन्छन् उनका मावली हजुरबुवाहरुले त्यतिबेला सडक खन्न किन गएको भन्ने प्रश्न गरेको प्रतिउत्तरमा श्रम गर्न लाज मान्न नहुने बताएको सम्झना ओझालाई ताजै लाग्छ खान लाउन दुख थिएन, उनले भने, ढाँट्नु पो हुँदैन श्रम गर्न के को लाज भनेर दिउँसो सडक खन्न गएँ

यसरी दुख गरेर कमाएको पैसाबाट जग्गा जोडेका ओझाले पछिल्लो समय विभिन्न सामाजिक संस्थाहरुलाई जग्गा उपलब्ध गराएर अन्य धनाढ्यहरुलाई समेत दान गर्न प्रेरित गरिरहेका छन् दुई छोरा दुई छोरीका पिता ओझा जीवनपर्यन्त सामाजिक गतिविधीमा सक्रिय रहिरहने बताउँछन् उनी भन्छन्–‘दिनलाई पुगिरहोस भन्ने लाग्छ

यति धेरै संस्थाको जग्गादाताको रुपमा रहेका ओझा सामाजिक संस्थासामु गुमनाम झैँ छन् उनले विभिन्न सामाजिक संघसंस्थालाई दिएको जग्गाको मुल्यांकन गर्ने हो भने करोड हाराहारी हुन्छ तर, झापामा सामाजिक कार्यमा सक्रिय कैयन संघसंस्थाले ओझालाई अझै चिन्न सकेको छैन सामान्य योगदान गर्नेहरुलाई नागरिक अभिनन्दन गर्दै नगर परिक्रमा गराउने संस्थाहरुले ओझालाई एउटा मालासमेत पहिर्याउने प्रयास गरेको देखिँदैन

भएरमात्र के गर्नु दिनपनि जान्नु पर्छ भन्ने मान्यता राख्ने ओझा सामाजिक कार्यप्रति लगाव हुनेहरुका लागि प्रेरणाको स्रोत हुन सक्छन्

सम्बन्धित समाचार