२०८३ बैशाख १८ गते , शुक्रबार

सादगी नेताको परिचय बोकेका हरिकुमार राना

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ८ गते , आईतबार
सादगी नेताको परिचय बोकेका हरिकुमार राना

राज्य पुनःसंरचना पश्चात मुलुकमा सय ५३ स्थानीय सरकार गठन भयो गाउँगाउँमा सिंहदरबार भन्ने भनाई साकार पार्न स्थानीय सरकार प्रमुखहरु लागि परे स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई मात्र बढाएनन् कतिपयले सुविधालाई समेत बढाए आममानिससँग सरोकार राख्ने दमकल किनेनन् तर आफू चढ्ने लाखौँको गाडी किन्न छुटाएनन् त्यहि गाडीको निहुँमा पालिका प्रमुख उपप्रमुखबिच कटाक्ष परेको समाचारहरु बाहिरियो स्थानीय सरकार प्रमुखहरु विलासी बनेका गुनासाहरु पनि आउने गरेका छन् अधिकांशले सुनेको देखेको पनि प्रायः यस्तै हो तर, कतिपय स्थानीय सरकारका प्रमुखहरु विलासी गाडीको सट्टा हिड्न मन पराउँछन्, विलासिताको सट्टा अभावमै रमाइरहेको पनि पाइन्छ त्यसै मध्येका एक हुन झापा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना

रानालाई सादगी नेताको रुपमा लिँदा अत्युक्ति नहोला सरल जीवन, स्पष्टवक्ता, दुरगामी सोँच नै रानाको परिचय हो विहान बजेदेखि राती बजेसम्म रानालाई कार्यालयमा भेटिँदा अन्यथा नमाने हुन्छ पालिकामा रहेको गाडी भन्दा मोटरसाइकलको पछाडि बसेर राना पालिका क्षेत्रभित्र घुमेको देख्नेहरु बेलाबेला अचम्म मान्छन् घर पालिका आउजाउमा समेत राना विरलै मात्र पालिकाको गाडी प्रयोग गर्छन हिड्न मन पराउने राना अतिआवश्यक काम बाहेक गाडीमा कमै मात्र चढ्ने गरेका छन् साधारण जीवन शैली अपनाउनु उनको राजनीतिक आदर्श नै हो धेरैको प्रेरणाका स्रोत आदर्श पात्र बनेका उनै रानाको विगतदेखि आजसम्मलाई छोटो शब्दचित्रमार्फत प्रस्तुत गरिएको

राना झापाको शनिश्चरे मा विसं. २०१५ साल साउन २५ गते जन्मिएका हुन सालबारीस्थित महारानीगञ्ज स्कुलबाट कखरा सिकेका रानाले माध्यमिक शिक्षा शनिश्चरे माध्यमिक विद्यालयबाट हासिल गरेका हुन उनले मेची बहुमुखी क्याम्पस भद्रपुरबाट आइएसम्मको अध्ययन पूरा गरेका छन् सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिए २०३९÷०४० सालमा नेकपा मालेले गठन गरेको तीन सदस्यीय एजीमा उनी सेक्रेटरी भए अन्य सदस्यहरु विर्ख प्रधान डम्बर बस्नेत रहेको राना बताउँछन् राजनीतिको शुरुवातदेखि नै राना नेतृत्व तहमा रहेर सक्रिय बने ०४१÷०४२ मा पीएजी गठन भएपश्चात बनेको पाँच सदस्यीय कमिटिमा ठूलो दुर्गा अधिकारी, स्वर्गीय यादव सुवेदी, डम्बर बस्नेत, बिर्ख प्रधान राना थिए त्यस पीएजीको पनि उनी सेक्रेटरी भएर काम गरेको अनुभव सुनाउँछन् २०४३ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य बनाएर पार्टीले उनलाई मोर्चामा पठाएको थियो २०४४ सालमा शनिश्चरे वडा नम्बर को वडाध्यक्ष पदमा चुनाव लडेपनि रानाले हार व्यहोर्नु परेको बताउँछन्  

प्रजातन्त्र आगमनपश्चात २०४८ सालमा राना नेकपा एमालेको जिल्ला कमिटि सदस्य बने त्यसअघि उनी वडा सचिव भएर काम गरिरहेका थिए उनी जिल्ला कमिटि सदस्य बनेपछि बिर्ख प्रधानलाई वडा सचिवको जिम्मेवारी दिइएको थियो राना त्यसबेला पार्टीमा मान्छे नभएका कारण वडा नम्बर मा कृष्ण पौडेल कमल गुरागाईँलाई पार्टीले राखेको विगत सम्झन्छन्

२०४९ सालमा शनिश्चरेमा पार्टीले ११ सिटमध्ये अध्यक्ष उपाध्यक्षसहित सिट जितेको थियो उनले गाविस अध्यक्षमा लिलक सिटौलालाई ५० मतले पराजित गरे त्यसबेला सय ५० रुपैँया चुनाव खर्च भएको राना स्मरण गर्छन फेरी २०५४ सालमा गाविस अध्यक्षका प्रतिद्वन्दी उनै लिलक सिटौलाई हजार सय १८ मतको फराकिलो अन्तरले रानाले पराजित गरेका थिए त्यसबेला भने रानाको चुनाव खर्च बढेर सय रुपैँया पुगेको थियो रानाले पुनः ०५४ देखि ०५९ सम्म गाविस अध्यक्षको जिम्मेवारी निर्वाह गरे यसरी उनी लगातार एक दशकसम्म शनिश्चरे गाविस अध्यक्ष भएर काम गरे ०५४ मा  शनिश्चरेको वटा वडा जितेर पार्टीले लालकिल्ला कायम गरेको राना बताउँछन् २०५४ सालमा एमाले विभाजन भयो पार्टीले उनलाई मालेमा लागेको आरोप लगायो, उनी माले तिर लागे

२०५९ मा गाविस अध्यक्षको दोस्रो कार्यकाल सकेर करिब बर्ष रानाले राजनीतिक जीवनबाट बिश्राम लिए राना पुनः २०६४ पछि सक्रिय राजनीतिमा फर्किए ०६६०६८ सम्म नेकपा एमालेको क्षेत्र नम्बर को अध्यक्षको जिम्मेवारी सम्हाले मुलुक संघीयतामा गएपश्चात अर्जुनधारा, शनिश्चरे खुदुनाबारी गाविस मिलेर अर्जुनधारा नगरपालिका बन्यो , उनी नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा निर्वाचित भए ०४९ देखि ०७४ मा आइपुग्दा उनको मतान्तर फराकिलो बन्दै गयो ०७४ को चुनावमा उनले ४२ सय बढी मतान्तरले विजयी बने उनले हेमराज खरेललाई पराजित गरेका थिए

राना नगरप्रमुखको जिम्मेवारीको उत्तरार्धमा छन् नगरप्रमुख भएर आएपछि सबै नागरिकलाई समान व्यवहार गरेको, राजनीतिक आँखाले कसैलाई नहेरेको बताउँछन् कोरोनाको पहिलो लहर जतिबेला डाक्टरहरुसमेत संक्रमितको छेउमा जान डराउँथे त्यतिबेला रानाले आफू चढ्ने गाडी अर्जुनधाराबासीलाई आइसोलेसन सेन्टरसम्म पुर्याउन प्रयोग गरेका थिए बिरामीको उपचारमा विशेष ध्यान दिइएको थियो मेयर कतिपय बिरामीको घरसम्मै औषधी पुर्याउन जाने गरेका थिए

अर्जुनधाराले संयुक्त राज्य बेलायतको लण्डनस्थित विल्भरह्याम्प्टन सिटी काउन्सिलसँग भगिनी सम्बन्ध स्थापित गर्यो दुवै पक्षको सामाजिक, साँस्कृतिक, शैक्षिक पर्यटकीय हित प्रवर्धनका लागि सम्झौता गरिएको थियो

राना अर्जुनधारा नगरपालिका बन्नुअघिका तीन वटा गाविसमा एउटा एउटा ठूला योजना विकास गर्ने लक्ष्यमा छन् अर्जुनधारा जहाँ  पूर्वकै पशुपतिनाथको रुपमा रहेको जलेश्वरलाई विकास गर्ने सोँचका साथ काम भइरहेको धार्मिक पर्यटन विकास गरी अर्जुनधारालाई नेपाल तथा भारतमा चिनाउन अर्जुनधाराबासीको चौतर्फी विकासका लागि यो योजनाले सहयोग पुग्ने उनको विश्वास

त्यस्तै, साविक खुदुनाबारीको साठीमुरेमा बुद्ध सामुदायिक भवनका लागि डीपीआर तयार भइरहेको भने सहकालेमा सूर्योदय, रोङ, माइ अर्जुनधाराको संगमको रुपमा रहेको झरनाको प्रवर्धनका लागि काम भइरहेकोछ यता, शनिश्चरेको कालिस्थानमा रहेको जेठा गुम्बा जिर्णोद्वारको काम समेत भइरहेको खुदुनाबारीमा विगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि काम भइरहेको

स्थानीय सरकारको पहिलो जनप्रतिनीधि भएका कारण शुरुका बर्ष सिकाईसँगै कानूनी जटिलका कारण काम गर्न नसकिएको उनी बताउँछन् दोस्रो बर्षदेखि तीब्र गतिमा काम भएपनि अर्जुनधाराको समग्र विकासका लागि आफ्ना योजना अनुसारका सबै काम गर्न नसकिएको राना बताउँछन् अर्जुनधाराबासीको साथ सहयोगले यतिका काम गर्न सकिएको भन्दै सबै नगरबासीप्रति नगरप्रमुख राना कृतज्ञता व्यक्त गर्छन  

सम्बन्धित समाचार