२०८२ जेष्ठ ३२ गते , शनिबार

भोजराज घिमिरेको ‘इन्द्रमाया’ सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
भोजराज घिमिरेको ‘इन्द्रमाया’ सार्वजनिक

भोजराज घिमिरेको पहिलो उपन्यास इन्द्रमाया भर्चुअल रूपमा सार्वजनिक गरिएको कवि तथा गीतकार डा. विमल कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिको विमोचन गर्नुभएकाे थियो

समीक्षकहरू एलबी क्षेत्री, साधना प्रतीक्षा, घनेन्द्र ओझा महेश पौड्यालले उपन्यासको समीक्षा गर्दै उपन्यासकार घिमिरेले बीपी कोइरालाकोतीन घुम्तीकी पात्रलाई लिएर गरेको कामलाई साहसी कामको संज्ञा दिनुभएकाे थियो

घिमिरेकोइन्द्रमाया“  बीपी कोइरालाको प्रसिद्ध उपन्यासतीन घुम्तीको पुनर्पठन हो, जहाँ इन्द्रमाया उपन्यासकी नायिका हुन् बीपी कोइरालाले इन्द्रमायालाई एक विद्रोही नेवारी महिलाको रूपमा देखाएका छन्

समारोहमा बोल्दै उपन्यासकार घिमिरेले आफू  बीपी कोइरालाकी पात्र इन्द्रमायाबाट धेरै प्रभावित भएको बताउनु भयो उहाँले उपन्यासपछि आफ्नो पतिको घर छाडेकी इन्द्रमायाले कसरी जीवन बिताइरहेकी थिइन् भनेर खोज्न चाहेको बीपी कोइरालाले आफ्नो तीन घुम्तीमा छोडेका कतिपय रिक्तताको जवाफ खोज्नको लागि यो काम गरेको व्याख्या गरे

त्यसैगरी कार्यक्रमका प्रमुख अथिति गङ्गाप्रसाद उप्रेतीले उपन्यासको कथा प्रविधि लेखकले पात्र चयनमा देखाएको चलाखीको खुलेर प्रशंसा गर्नुभएकाे थियो

कार्यक्रमकाे सञ्चालन महेश कार्की क्षितिजले गर्नुभएकाे थियो शिखा बुक्सले प्रकाशनले गरेको यस उपन्यासको मूल्य रू. ४९९ रहेको

 

सम्बन्धित समाचार