२०८३ असार १८ गते , विहीबार

असई हत्यामा दोषी ठहर भएका एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ असार १८ गते , विहीबार
असई हत्यामा दोषी ठहर भएका एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

झापा । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई  प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई पक्राउ गरेकाे हाे ।
कोईरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक(डीएसपी) पञ्चलाल गोलेले बताए । 
उनका अनुसार वि.सं. २०७२ भदौ २५ गते डिउटीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बि.क.को हत्या गरेको भन्ने  कर्तव्य ज्यान मुद्दाको सम्बन्धमा उनलाई पक्राउ गरिएको हो । 
महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याएर उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय ठहर गरेको थियो । प्रहरीले सोही आदेश कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । 

सम्बन्धित समाचार