२०८३ असार १८ गते , विहीबार
हल्दिबारीमा बिर्तामोडका सुवेदी मृत फेला
बिर्तामोड । झापाको हल्दीबारीमा एक मानिस मृत अवस्थामा फेला परेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ९ बस्ने ४९ वर्षीय होम प्रसाद सुवेदी हल्दीबारी २ कलाधर बस्ती स्थित भित्री पक्की सडक खण्डको छेउमा रहेको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
बिहिबार बिहान अन्दाजी ५:२० बजे सुवेदीलाई साइकल सहित खेतको हिलोमा अनुहार गाडिएको अवस्थामा मृत अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । मृतक होमप्रसादलाई श्रीमती योग माया सुवेदी भट्टराईले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवाले जानकारी दिए
।