२०८३ असार ११ गते , विहीबार

छोरीसँग अवैध सम्बन्धबाट जन्मिएको सन्तान हत्या अभियोगमा एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ असार ११ गते , विहीबार
छोरीसँग अवैध सम्बन्धबाट जन्मिएको सन्तान हत्या अभियोगमा एक जना पक्राउ

बिर्तामोड । झापामा नवजात शिशुको हत्या तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वैशाख २ गते शिवसताक्षी नगरपालिकाको खाली जग्गामा नवजात शिशु गाडिएको अवस्थामा शव फेला परेको थियो ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा पीडित किशोरीले आफ्नै बाबुले जबरजस्ती करणी गर्दा बच्चा जन्मिएको र बाबुको सल्लाहमा शिशुको शव गाडेको प्रारम्भिक बयान दिएकी थिइन् ।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको थियो । तर प्रतिवादी फरार भएका थिए ।
उनी २ महिना अगाडी नै रोल्पा गएका थिए । रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहेकोमा त्यहाँबाट समेत उनी भागेका थिए । विभिन्न ठाउँमा लुकिछिपी बस्ने क्रममा विशेष सुराकीको आधारमा इलाम सूर्योदय नगरपालिका वडा नं. १० फिक्कल बजारमा रहेको मन्त्र होटलबाट जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी असार ३ गते उनलाई पक्राउ गरिएको हो । उनी छोरीसंग बसिरहेको अवस्थामा फेला परेका थिए ।
पक्राउ परेका प्रतिवादीलाई झापामा ल्याई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनासँग सम्बन्धित पीडित युवतीलाई आफन्त नेपाल काँकरभिट्टामा राखिएको छ ।

सम्बन्धित समाचार