२०८३ बैशाख १८ गते , शुक्रबार

माओवादी केन्द्र र नेकपा एस एकताको अन्तिम तयारीमा

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २७ गते , सोमबार
माओवादी केन्द्र र नेकपा एस एकताको अन्तिम तयारीमा

झापा माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको नेकपा एकीकृत समाजवादी (एस) सँगको एकता वार्तापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको हो

नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको ,’ वार्तामा सहभागी एक नेताले बताए

नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् एकतापछि पार्टीको चुनाव चिह्न भने कम्युनिस्टको प्रतीक झल्कने खोज्ने तयारी भइरहेको एकतापछि निर्वाचन आयोगमा दर्ता नभएको नाम चुनाव चिह्न राख्नुपर्नेछ

सहमतिअनुसार माओवादीले नाम सिद्धान्त माओवाद छाड्ने भएको माओवादीले २०७५ मा एमालेसँग एकता गर्दा नै माओवाद छाडेको थियो विगतमा कम्युनिस्ट पार्टी एकता गर्दा वैचारिक सैद्धान्तिक विषयमा लामो छलफल हुँदै आएकामा माओवादी समाजवादीबीच सिद्धान्त विचारका विषयमा भने छलफल नभएको स्रोतको भनाइ मार्गदर्शक सिद्धान्त, माक्र्सवाद, लेनिनवाद हुनेछ संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता (आन्तरिक लोकतन्त्र), रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनेछ,’ वार्ता समितिका एक सदस्यले भने, ‘नयाँ पार्टीको समाजवादी कार्यक्रम कार्यदिशामा हुने तय भएको

दुई पार्टीले प्रधान अन्तरविरोधका रूपमा दलाल नोकरशाही हुने सैद्धान्तिक सहमति गरेका छन्

एकतापछि हुने महाधिवेशन आयोजक समितिको संयोजक पुष्पकमल दाहाल हुनेछन् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुन पद दिनेबारे भने टुंगो लागेको छैन तर उनी दोस्रो वरीयतामा रहने सम्भावना

दुई पार्टीको सांगठनिक संरचना अहिलेकै जस्तो परम्परागत हुने कि चुस्त बनाउने विषयमा पनि छलफल सुरु भएको एकताका विषयमा एसका सम्मानित नेता झलनाथ खनाल महासचिव घनश्याम भुसालकोरिजर्भेसन भए पनि अध्यक्ष नेपाल बहुमत पदाधिकारीको समीकरणका आधारमा माओवादीसँग एकता गर्ने तयारीमा छन् सचिवालय बैठकले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो

एसका वरिष्ठ नेता एवं उपाध्यक्ष बेदुराम भुसालले एकताका लागि आवश्यक पर्ने राजनीतिक, वैचारिक सांगठनिक विषयमा करिब सहमति भइसकेकाले अब सांगठनिक संरचनाबारे छलफल केन्द्रित भएको बताए

दुई पार्टीका बीचमा वैचारिक सैद्धान्तिक रूपमा करिब सहमति भएको अब पार्टीको सांगठनिक संरचना कस्तो हुनेमा छलफल केन्द्रित ,’ उनले भने, ‘पार्टी नेतृत्वको संरचना बनाउने टुंगो भएको पार्टीको कार्यकारी प्रमुख अध्यक्ष कि महासचिव भन्नेमा छलफल हुँदै

माओवादी महासचिव देव गुरुङले दुई पार्टीबीच एकताका लागि टुंगो लागिनसकेको बताए सहमतिका लागि छलफल भइरहेको जतिसक्यो छिटो सहमति हुन्छ, त्यति छिटो एकता हुन्छ उनले भने

माओवादी नेतृ एवं वार्ता समितिका संयोजक रेखा शर्माले सकेसम्म पार्टीको विशेष महाधिवेशनअघि एकताको प्रयास भइरहेको बताइन् विशेष महाधिवेशनको तयारी पार्टी एकताको गृहकार्य सँगसँगै भइरहेको ,’ उनले भनिन्

पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषयलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ कसरी राम्रो नेतृत्व गर्ने अहिलेको चर्चित विषय हो,’ उनले भनिन्, ‘पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषय पनि महत्वपूर्ण

एसका महासचिव घनश्याम भुसाल भने आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण गर्ने पक्षमा छन् उनी माओवादी समाजवादीको पुरानै नेतृत्वमा पार्टी एकता गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेका छन् माओवादीसँग हुने पार्टी एकता प्रक्रियामा उनी संलग्न छैनन् यही नेतृत्व, यही पार्टी संरचना यही विचारमा पार्टी एकता गरेर पनि केही हुँदैन,’ उनले भने, ‘पहिले आआफ्नो पार्टी नेतृत्वको पुनर्गठन गरौं त्यसपछि वामपन्थी ध्रुवीकरण गर्नुपर्छ

उनले मुलुकमा सुशासन, वामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले दलहरूभित्र समाजमा उत्पन्न गर्ने नयाँ आशा विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नुपर्ने प्रस्ताव अघि सारेका छन् सबै वामपन्थी पार्टीहरूमा विचार, राजनीति, संगठन मुद्दाहरूको भ्रष्टीकरण भएको स्वीकार गर्दै ती सबै क्षेत्रको वामपन्थीकरण गर्नुपर्छ,’ उनको भनाइ , ‘पुनर्गठित वामपन्थी पार्टीहरूलाई बृहत् ध्रुवीकरण एकतातर्फ लैजानुपर्छ

कार्यक्रमका रूपमा आगामी दस वर्षमा काम गर्ने उमेरका सबै नेपालीले रोजगारी पाउने भ्रष्टाचार नहुने सुशासनयुक्त राज्यका साथ समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम ल्याएर मात्र विश्वास जगाउन सकिने उनको भनाइ

एसका सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै उनले फरक मत सार्वजनिक गरेका हुन्

श्रीमती रविलक्ष्मीको उपचारका लागि भारतमा रहेका खनालले एक विज्ञप्ति जारी गर्दैपार्टी एकीकरण गर्ने मौसम होइन छैन भनेका छन् जेनजी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी थिइन्

पार्टी एकता अन्तिम चरणमा पुगेका बेला खनालले असहमति जनाउँदै सार्वजनिक विज्ञप्ति निकालेका हुन् एकताका विषयमा छलफल गर्न काठमाडौंमा केन्द्रीय सचिवालय बैठक जारी रहेकै बेला खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् युवाहरूको जबर्जस्त प्रदर्शन त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको ,’ खनालले पठाएको पत्रमा उल्लेख साथै उनले देश, जनता वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन रूपान्तरण अनिवार्य भएको पनि बताएका छन्

हरेक सानाठूला पार्टीहरूमा खुद जेनजी समूहमा समेत उथलपुथल विभाजन भइरहेका छन् त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन रूपान्तरणको माग उठिरहेको ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग समयको माग हो भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन्

सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन रूपान्तरणको माग हो त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन,’ खनालले भनेका छन्, ‘यति बेला हाम्रो पार्टीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन छैन हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने अरूलाई पार्ने दिशामा नलागौं

भदौ २०७८ मा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो २०८१ असारमा भएको महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा चयन गरेको थियो २०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभामा १० सिट ल्याए पनि राष्ट्रिय पार्टी बन्न सकेन

सम्बन्धित समाचार