२०८३ बैशाख १८ गते , शुक्रबार

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, फागुन २१ लाई निर्वाचन मिति घोषणा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २८ गते , शनिबार
प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, फागुन २१ लाई निर्वाचन मिति घोषणा

झापा जेनजी आन्दोलनका कारण खड्गप्रसाद ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् जेनजी प्रतिनिधी, राष्ट्रपति प्रधानसेनापतिको छलफल पश्चात कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्

नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन्

कार्कीले गरेको प्रतिनिधी सभा विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन्

त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन्

सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन्

गत सोमबार मंगलबार युवा पुस्ता (जेनजी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए

सो छलफलपछि मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो

सम्बन्धित समाचार