२०८३ बैशाख १८ गते , शुक्रबार

अनेम संघ क्रान्तिकारी शिवसताक्षी अध्यक्षमा रिता

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ९ गते , सोमबार
अनेम संघ क्रान्तिकारी शिवसताक्षी अध्यक्षमा रिता

बिर्तामोड अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवसताक्षीको नयाँ नगर कमिटी गठन भएको संघको दोस्रो नगर अधिवेशनबाट रिता लामा थापाको संयोजकत्वमा २१ सदस्यीय नगर कमिटी गठन भएको हो

नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर कमिटीका अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी ‘सन्देश’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य कल्पना कार्की, प्रदेश कमिटी सदस्य तथा अनेम संघ क्रान्तिकारीका प्रदेश कमिटी सचिव भूमिका कोईराला, अतिथिहरुमा जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज एनपी लामिछाने, जिल्ला कमिटी सदस्य रामजी कार्की, पूर्व नगर उपाध्यक्ष गणेश बजगाई,अनेम संघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष कचाली ताजपुरिया, जिल्ला सदस्य अम्बिका आचार्यलगायत उपस्थित रहेका थिए

पार्टीका नगर अध्यक्ष दुर्गा नेम्बाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कचाली ताजपुरियाले स्वागत मन्तब्य राखेकी थिइन् कार्यक्रमको संचालन पार्टीकी नगर कमिटी सहसचिव देविका खनालबर्षाले गरेकी थिइन् अधिवेशनसँगै तीजको अवसरमा दर खुवाउने कार्यक्रमसमेत रहेको थियो

सम्बन्धित समाचार