२०८३ बैशाख १८ गते , शुक्रबार

लिपुलेकहुँदै भारत–चीन व्यापार अघि बढाउने सहमति, सीमा विवाद थप चहर्याउँदै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ५ गते , विहीबार
लिपुलेकहुँदै भारत–चीन व्यापार अघि बढाउने सहमति, सीमा विवाद थप चहर्याउँदै

झापा नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत चीनबीच मंगलबार थप सहमति भयो यो सहमतिले वर्षौंदेखिको नेपालभारत सीमा विवादको घाउ फेरि चहर्याएको

चीनका परराष्ट्रमन्त्री वाङ यीले गत सोमबार मंगलबार (अगस्ट १८१९) मा गरेको भारत भ्रमणका क्रममा यो सहमति भएको हो विगतमा पनि यो त्रिदेशीय नाकाको विषयमा भारत चीनले नेपाललाई छलेर आपसी सहमति गर्दै आएका थिए त्यही श्रृंखलामा मंगलबार फेरि नयाँ अध्याय थपिएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीको यसै महिना सुरुमा चीन त्यसपछि हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकीबीच थप सहमति भएको हो

नयाँदिल्लीमा चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर राष्ट्रिय सुरक्षा सल्लाहकार एवं भारतचीन सीमा समस्या समाधानसम्बन्धी विशेष प्रतिनिधि अजित डोभालसँग भेट गरेका थिए त्यसपछि मंगलबार राति भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा लिपुलेक नाकाबाट व्यापार पुनः सुचारु गर्ने उल्लेख

वाङ यीको दुईदिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा सहमतिका १२ बुँदा छन् भारतले जारी गरेको विज्ञप्तिको ९औं बुँदामा भनिएको , ‘दुवै पक्ष तोकिएका तीन नाकाहरू लिपुलेक पास, सिप्किला पास नाथुला पासमार्फत सीमापार व्यापार पुनः सुरु गर्न सहमत भएका छन्

वाङ यीको भ्रमणपछि चीनको परराष्ट्र मन्त्रालयले बुधबार बिहान दुईवटा नोट जारी गरेको

भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटसम्बन्धी नोटमादुवै पक्षले दुई देशबीच व्यापार लगानी प्रवाहलाई ठोस उपायहरूमार्फत सहज बनाउने सहमति जनाए भन्ने मात्र उल्लेख यो नोटमा नाकाको विषय नाम उल्लेख छैन

तर, डोभालसँग वाङ यीले गरेको भेट सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको नोटमा भने नाकाको विषय उल्लेख नोटको नम्बर बुँदामारेनचिङगाङचाङ्गु, पुलानगुञ्जी जिउबानाम्ग्या गरी तीनवटा परम्परागत सीमा व्यापार बजारहरू पुनः खोल्ने सहमति गरियो भन्ने उल्लेख

यो नोटमा स्पष्ट रूपमालिपुलेक भन्ने शब्द छैन तरपुलानगुञ्जी भन्ने शब्द उल्लेख पुलान नेपालको हुम्ला ताक्लाकोट नाकातर्फको चिनियाँ भूभाग हो गुञ्जी चाहिँ नेपालले जारी गरेको चुच्चे नक्सा भित्रकै भूमि हो

भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय चीन भारतले नेपालको कमजोरीको फाइदा उठाउँदै यो सहमति गरेको टिप्पणी गर्छन्

हामी चीन, भारतले पत्याउने भयौं हाम्रै कमजोरीका कारण यो भएको हो उनले भने, ‘चीन भारत रिसाउलान् कि भनेर हामी खुसी पार्ने प्रयासमा मात्र लाग्छौं हामी हाम्रो कुरा भन्नै सक्दैनौं त्यसैले उनीहरूले आफूखुसी गर्दै हिँड्छन् हाम्रो कूटनीति असाध्यै कमजोर भयो

नयाँदिल्लीमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा गरेको चीन भ्रमणका क्रममा भारतले हडपेको नेपालको भूमि लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो

१५ मे २०१५ मा भारतीय प्रधानमन्त्री मोदी चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा सम्झौता गरेका थिए उक्त सम्झौतामादुवै पक्ष व्यापार वस्तुको सूची वृद्धि गर्न तथा नाथुला, किंगला, लिपुलेक नाकाबाट व्यापार विस्तार गर्न सहमत भएका छन् भन्ने उल्लेख थियो

त्यसबेला पनि नेपाली भूमि हुँदै व्यापार गर्ने विषयमा नेपाललाई जानकारी नदिई भएको सहमतिप्रति विरोधसमेत भएको थियो नेपालको संसद्मा यसको चर्को विरोध भएको थियो त्यसपछि तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारत चीन दुवै मुलुकलाईप्रोटेस्ट लेटर पठाएका थिए

उनै पाण्डे पछि चीनका लागि नेपाली राजदूत बने यो मामिलालाई नजिकबाट नियालिरहेका पूर्वराजदूत पाण्डेले त्रिदेशीय समझदारीले मात्र विवाद टुंगिन सक्ने भएकाले त्यसको पहल गर्नुपर्ने बताए

दुई देश आफ्नो ढंगले अघि बढिरहेकाले नेपालले तत्काल यसबारे कुरा गर्नुपर्ने उनी बताउँछन्

प्रधानमन्त्री पनि चीन जाँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्रीसँग पनि त्यहाँ भेट हुने भएकाले त्रिदेशीय मामिलाको यो विषयमा एउटा साइडलाइन छलफलको व्यवस्थापन गरेर तत्काल यो कुरा गर्नुपर्छ,’ पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भने

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जान लागेका छन्

१५ १६ भदौ (अगस्ट ३१ सेप्टेम्बर) मा बेइजिङमा आयोजना हुने सम्मेलन चिनियाँ राष्ट्रपति सी चीनफिङले उद्घाटन गर्नेछन् त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्

त्यसलगत्तै भारत भ्रमणको समेत तयारी भएकाले प्रधानमन्त्री ओलीले तीनै देशका प्रमुख कार्यकारी भेट हुने थलोलाई अहिलेको विषय राख्ने अवसरको रूपमा प्रयोग गर्नुपर्ने पूर्वराजदूत पाण्डेको सुझाव

नोभेम्बर २०१९ मा भारतले केन्द्रशासित प्रदेशमा जम्मुकश्मीर लद्दाखलाई समेट्दै भारतको औपचारिक राजनीतिक नक्सा प्रकाशित गरेको थियो अन्तर्राष्ट्रिय सिमानामा पनि फेरबदल गरेको यस राजनीतिक नक्सामा नेपालले सधैँ आफ्नो दाबी गर्दै आइरहेको लिम्पियाधुरा, लिपुलेक कालापानी लगायतका भूभाग पनि समेटिएका थिए

भारतको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै नेपालले भारतलाई कूटनीतिक पत्र पनि पठाएको थियो तर भारत कूटनीतिक तवरबाट यो समस्या समाधान गर्न तयार भएन

नेपालमा भइरहेको विरोधलाई बेवास्ता गर्दै भारतले झन् लिपुलेक हुँदै कैलाश मानसरोवर पुग्ने सडक सञ्जाल निर्माणको काम जारी राख्यो

मे २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक सञ्जालको उद्घाटन गरे सन् २०१५ मा लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक सञ्जाल निर्माण गर्ने भारत चीनबीच भएको समझदारीकै नतिजास्वरूप त्यहाँ सडक बनाउने काम भएको थियो त्यसबेला पनि नेपालले उक्त समझदारीको कूटनीतिक रूपमा विरोध गरेको थियो

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाईकूटनीतिक नोट बुझाएका थिए

नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनतर्फ जाने मोटरमार्ग भारतले बनाउन थालेकोमा आपत्ति जनाउँदै कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने अडान राखेको थियो महिनाकै फरकमा भारतलाई नेपालले दुईपटक कूटनीतिक नोट पठाएको थियो

तर, सीमाको विषयमा भारतले जबर्जस्ती गर्दै गएपछि नेपाल सरकारले जेठ २०७७ मा वार्षिक नीति तथा कार्यक्रममार्फत लिम्पियाधुरासहित नक्सा जारी गर्ने घोषणा गरेको थियो त्यसपछि मन्त्रिपरिषद्ले जेठमा गरेको निर्णयअनुसार जेठमा नक्सा जारी भयो

उक्त नक्सालाई प्रतिनिधिसभाबाट ३१ जेठ २०७७ मा सर्वसम्मत अनुमोदन गरी नेपालको संविधानको अनुसूची मा रहेको देशको निशान छापमा लिम्पियाधुरा नभएको नक्सा राखियो

त्यसपछि अनेक राजनीतिक उतार चढाव आए नक्सा नेपाली भूमि मिचिएको विषय राजनीतिक रूपमा उठिरहे पनि कूटनीति संवाद छलफलमा जोडका साथ उठिरहेको छैन यसका कारण अहिले दुई शक्तिशाली छिमेकी मुलुकले नेपाली भूमिबारे नेपाललाई सरोकार नराखी सहमति गरिरहेका छन्

यदि त्यही बाटो भारत चीनलाई व्यापारका लागि आवश्यक हो भने नेपाललाई उनीहरूले के दिन्छन् त्यसको सट्टामा नेपालले के पाउँछ ?,’ पूर्वपरराष्ट्रमन्त्री पाण्डे भन्छन्, ‘सार्वभौम देशलाई बाइपास गरेर उनीहरूले सहमति गर्छन् भने नेपालले सहन सक्दैन फेरि उनीहरूसँग कुरा गर्नुपर्छ

सम्बन्धित समाचार