२०८३ बैशाख १९ गते , शनिबार

विद्यादेवी भण्डारीको बिषयमा बहस नगर्न एमालेको निर्देशन

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १३ गते , मंगलबार
विद्यादेवी भण्डारीको बिषयमा बहस नगर्न एमालेको निर्देशन

काठमाण्डौ नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको

गत साउनमा सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर आइतबार साँझ जारी अपानि१२, मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो

पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको अब उक्त विषयमा थप छलफल बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन, अपानिमा भनिएको

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोे सम्बोधनलाई अपानिमा समेट्दै यस्तो निर्देशन दिइएको हो पूर्वराष्ट्रपति भण्डारीबारे थप व्याख्या गर्न अपानिमा छुट्टै शीर्षक नै राखिएको सम्माननीय पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ भन्ने शीर्षक राखेर एमालेले भण्डारीबारे डेढ पेज व्याख्या गरेको

उक्त व्याख्यामा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन किन रोक लगाइयो भन्ने उल्लेख जहाँ राष्ट्रपति संस्थाको गरिमा जोगाउन संविधानको भावना कार्यान्वयन गर्न एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउनु परेको तर्क गरिएको अर्थात् नेताहरुले सार्वजनिक भाषणमा भन्दै आएकै कुरा राखेर अपानि जारी गरिएको

गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिदैन अपानिमा भनिएको यो तर्क अनुसार पूर्वराष्ट्रपति भण्डारीले संविधानको परिकल्पना अनुसार राजनीतिमा फर्कन मिल्दैन

गणतन्त्रको गौरव गरिमा कायम राख्नकै निम्ति एमालेले गत वर्ष पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको पनि अपानिमा उल्लेख

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहँँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरुलाई उचित, न्याय उत्कृष्ट कार्य सम्पादन गर्नुभएको अपानिमा भनिएको , ‘नेपालमा लैंगिक समानता समावेशीताको आइकनका रुपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमागणतन्त्र गौरवको रुपमा सम्मान गरेको सन्दर्भ यहाँनीर स्मरणीय

अपानिमा केन्द्रीय कमिटीको निर्णय पनि समावेश जहाँ पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय नभई सम्मान लिएर बस्न भनिएको

सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रुपमा सम्मानित भएर बस्नु पर्दछ सक्रिय राजनीतिमा आउनु हुन्न सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनु हुँदैन, अध्यक्ष भए पनि कार्यकर्ता हो बैठकको निर्णय भनेर अपानिमा लेखिएको , ‘यहाँ आउनु हुँदैन पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्र गौरव भएर बस्नुहोस् उहाँ राष्ट्रको गहना हो हाम्रो पनि गहना हो

यति व्याख्या पछि विद्या भण्डारीको सदस्यता नवीकरण नगरिएको जानकारी पनि कार्यकर्ताहरुलाई दिइएको उहाँँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन, ओलीले जारी अपानिमा भनिएको

सम्बन्धित समाचार