२०८३ बैशाख १९ गते , शनिबार

‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन’ : पूर्वराष्ट्रपति भण्डारी

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ९ गते , शुक्रबार
‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन’ : पूर्वराष्ट्रपति भण्डारी

झापा साउन गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन्

उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो

यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको अहिले पुनः राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन्

कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा आशक्ति ममा छैन किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनेकी छिन्, ‘मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ एकताबद्ध बनाउने राजनीतिमार्फत देश जनताको सेवा गर्ने नै हो। अनि मुलुक जनतालाई समृद्ध सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो

साथै, उनले सदस्यता नवीकरणमा रोक लगाउनुको कुनै कारण नभएको पनि बताएकी छिन्

यस्तो भण्डारीको वक्तव्य : 

सम्बन्धित समाचार