२०८३ बैशाख १९ गते , शनिबार

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ६ गते , मंगलबार
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने

बिर्तामोड पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन्

भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् उनले जिल्ला प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने बोल्न नदिने प्रयास भइरहेको बताएकी छन्

भण्डारीले आफू कठिन समयमा पार्टी महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन्

भण्डारीले भनिन्दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि नैतिकतावान हुन्छ नि अहिले जसरी कार्यकर्तालाई टेरर (आतंकित) गर्ने, बोल्न नदिने बोलेबापत कारवाही गर्ने भन्न थालिएको यो ठिक छैन

भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत सुनाइन्

सम्बन्धित समाचार