२०८३ बैशाख १९ गते , शनिबार
माओवादी केन्द्र बिर्तामोडद्वारा कृषकको खेतमा श्रमदान
बिर्तामोड । नेकपा माओवादी केन्द्रले कृषकको खेतमा श्रमदान गरेको छ । पार्टीको बिर्तामोड नगर कमिटीको आयोजनामा बिर्तामोड १० मा रोपाइँ गरिएको हो ।
सोमबार बिर्तामोड १० का कृषक जितबहादुर वाग्लेको खेतमा रोपाइँ गरिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर सचिव जगन्नाथ भट्टराईले जानकारी दिए । करिब ४० जनाको सहभागितामा वाग्लेको ७ कठ्ठा खेतमा रोपाइँ गरेको उनले बताए ।
श्रमदानमा पार्टीका १ नम्बर प्रदेश सदस्य जोया सुब्बा, बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष टिकाराम धमला (रञ्जन), अन्य पदाधिकारी तथा सदस्य, अनेम संघ क्रान्तिकारी बिर्तामोड नगर अध्यक्ष सन्ध्या मास्केलगायत अन्य सदस्यहरु सहभागी थिए ।