२०८३ बैशाख १९ गते , शनिबार

घुसको डिल गरेको अडियो बाहिरिएपछि मन्त्री गुप्तालाई हटाउने तयारी

sajilo news
परिवेश मिडिया
२०८२ असार २९ गते , आईतबार
घुसको डिल गरेको अडियो बाहिरिएपछि मन्त्री गुप्तालाई हटाउने तयारी

बिर्तामोड घुसको डिल गरेको  दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको नेकपा एमालेको तर्फबाट गुप्ता गत बर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका थिए

उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाण्डौ फर्किएर यसबारे निर्णय लिनेछन् प्रधानमन्त्री पूर्वतिर हुँदा यता यस्तो भयो, उहाँ फर्किएपछि यसबारे निर्णय लिने तयारी ,’ स्रोतले भन्यो

स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनलाई बर्खास्तको निर्णय हुनेछ राजीनामा गर्न नै भनिन्छ त्यो नै उत्तम विकल्प हो स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ

सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना

पहिलो कुरा मन्त्री गुप्ताकै कुरा पनि पुष्टि हुन बाँकी अब उनले भन्यो भन्दैमा तत्काल अर्को मन्त्रीलाई एक्सन लिने हुँदैन,’ स्रोत भन्छ

सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया मन्त्री गुप्ता बीच सम्वाद भएको जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ

यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त भएनन् विचौलियाले प्रस्ताव गरेको नाम एमाले जिल्ला प्रदेश कमिटीका नेताहरुका कारण सफल हुन नसकेको बुझिन्छ

अडियोलाई आधार मान्दा भूमि आयोगको जिल्ला अध्यक्ष जस्तो राजनीतिक नियुक्तिमा मात्र नभएर मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि डिल भएको पालपोत कार्यालय प्रमुख सरुवामा ५३ लाख घुसको डिल भएको

सम्बन्धित समाचार