२०८३ बैशाख १९ गते , शनिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नागरिक उन्मुक्ति पार्टी

sajilo news
परिवेश मिडिया
२०८२ असार २० गते , शुक्रबार
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नागरिक उन्मुक्ति पार्टी

झापा नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज औपचारिक रूपमा संघ प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने  बताइन्

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो

गठबन्धनमै रहे पनि हामीसँग छलफल नै नगरी सुदूरपश्चिममा हाम्रो पार्टीका मन्त्रीलाई बर्खास्त गरियो अन्य सवालमा पनि गठबन्धनमा कुनै छलफल हुने गरेको छैन यस्तो अवस्थामा सरकारमा रहिरहनु उपयुक्त लागेन,’ अध्यक्ष श्रेष्ठले बताइन्

पार्टीका संरक्षक रेशम चौधरीले पनि बिहीबारै सरकारबाट समर्थन फिर्ता लिने बताएका थिए  

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले नागरिक उन्मुक्तिको संयुक्त सरकार कांग्रेसका १८, एमालेका ११ नागरिक उन्मुक्तिका सांसद छन् नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ प्रदेश सरकार अल्पमतमा  पर्ने अवस्था भने छैन

सम्बन्धित समाचार