२०८३ बैशाख १९ गते , शनिबार

आज मदन भण्डारीको ७४औं जन्म जयन्ती

sajilo news
परिवेश मिडिया
२०८२ असार १४ गते , शनिबार
आज मदन भण्डारीको ७४औं जन्म जयन्ती

बिर्तामोड । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
मदन भण्डारी फाउन्डेशन र नेकपा एमाले तथा पार्टीसँग आबद्ध जनसङ्गठनहरूले मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् ।
भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने नवीन विचारक भण्डारी छोटो समयमा नेपाली राजनीतिमा स्थापित भएका थिए । विश्वबाट कम्युनिष्ट शासनहरू ढलिरहेका बेला ९० को दशकमा भण्डारीले जनताको बहुदलीय जनवादको नाममा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गरिएका थिए । भण्डारीलाई विश्व प्रसिद्ध पत्रिकाहरूले मार्क्स नेपालमा जीवित छन् भनेर चर्चामा ल्याएका थिए । 
२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा पिता देवीप्रसाद भण्डारी माता चन्दकुमारीका कोखबाट जन्मिएका मदन भण्डारी एमालेको चौथो र पाँचौँ महाधिवेशनबाट महासचिव बनेका थिए ।
उनले २०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विश्व चर्चित बनेका थिए ।नेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो ।
यता मदन पत्नी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजको कार्यक्रममार्फत विशेष घोषणा गर्ने चर्चा छ ।  उनी एमालेमा सक्रिय राजनीतिमा फर्कने र अबको पार्टी नेतृत्व हाँक्न लागेको विषयले एमाले वृत्तमा चर्चा पाएको छ । ‘मदनको नीति, विद्याको नेतृत्व’ नामको पोष्टर सार्वजनिक गरिएको छ । हालका पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व दोहोर्याउने मनसाय बनाइरहेको बेलामा राजनीतिमा विद्याको पुनरागमनले झट्दा दिने आकलन गरिएको छ ।
आज हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिए पनि विद्याले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने हल्लाले ओली कार्यक्रममा अनुपस्थित रहने हल्ला चलाइएको छ। यद्यपि ओली मदन भण्डारी फाउन्डेसनका संरक्षक हुन ।  

सम्बन्धित समाचार