२०८३ बैशाख १९ गते , शनिबार

भिजिट भिसाबारे छानबिन गर्न समिति गठन, तीन महिनामा प्रतिवेदन बुझाउने समयसीमा

sajilo news
परिवेश मिडिया
२०८२ असार १० गते , मंगलबार
भिजिट भिसाबारे छानबिन गर्न समिति गठन, तीन महिनामा प्रतिवेदन बुझाउने समयसीमा

झापा । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रसँग भएको सहमति अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको हो ।
सरकारले गठन गरेको अध्यागमन र भिजिट भिसाबारे उच्चस्तरीय अध्ययन र छानबिन समितिलाई तीन महिनामा प्रतिवेदन बुझाउने समय तोकिएको छ ।
एक मन्त्रीका अनुसार उक्त समितिको समयअवघि ३ महिना र १३ लाख बजेट विनियोजन समेत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरुसँग दैनिक ५० लाख घुस लिने गरेको र गृहमन्त्री रमेश लेखकसमेतको नाम जोडिएपछि त्यसको छानबिन गर्न समिति गठन गर्नु पर्ने माग राखेर माओवादी केन्द्रले संसद अधिवेशन अवरुद्ध गर्दै आएको थियो । सरकारको तर्फबाट समिति गठन गर्ने लिखित सहमति भएसँगै संसद सुचारु भएको थियो । 

सम्बन्धित समाचार