२०८३ बैशाख १९ गते , शनिबार

आज बस्ने प्रतिनिधि सभाको बैठकले सङ्घीय निजामती ऐन पारित गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ असार ३ गते , मंगलबार
आज बस्ने प्रतिनिधि सभाको बैठकले सङ्घीय निजामती ऐन पारित गर्ने

झापा आज दिउँसो १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालेराज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालेनेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची निर्धारण गरिएको

प्रतिपक्षी दलहरुले भने संसदमा अवरोध जारी राखेका छन् रास्वपा राप्रपाले अवरोधलाई निरन्तरता दिएका हुन् त्यसकाबीच सभामुख देवराज घिमिरेले बैठक चलाउँदै आएका छन्

सम्बन्धित समाचार