२०८३ बैशाख १९ गते , शनिबार

विद्यासँग तर्सिएका ओलीले भने – ‘फलानो आउने रे यस्तो, उस्तो हल्ला चलेको छ’

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २५ गते , आईतबार
विद्यासँग तर्सिएका ओलीले भने – ‘फलानो आउने रे यस्तो, उस्तो हल्ला चलेको छ’

बिर्तामोड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीसँग तर्सिएको स्पष्ट देख्न सकिन्छ अध्यक्ष नछाड्ने दाउमा रहेका ओली भण्डारीको सक्रियताले तर्सिएर सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन् अनेरास्ववियुको २४औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनको घोषणा नहुँदै फलानो आउने रे भनेर हल्ला चलाउने षड्यन्त्र भइरहेको बताएका हुन्

ओलीले भने, ‘अहिले हल्ला चलको , तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् यसको कुनै आवश्यकता छैन अर्को खेल हुन खोजेको यहाँ, फलानो आउने रे, यस्तो उस्तो पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष महाधिवेशन घोषणा भएको छैन बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् स्टाटस सिस्टाटसलाई जवाफ दिनुस्

अध्यक्ष ओलीले पार्टीमा विभिन्न नेता वा समूहका नामका गुट स्वीकार्य नहुने चेतावनी दिएका छन्

अध्यक्ष ओलीले पार्टीको कुरा बाहिर गएर फेसबुकबाट वा अन्तर्वार्ताबाट पार्टीलाई खुइल्याउने काम भए बाह्य हमलाको रुपमा लिएर जवाफ दिने बताए

उनले बाहिर गएर पार्टीमा ढुंगा हानेपछि आन्तरिक मामिला नहुने चेतावनी दिए यस्ता कुरा सहँदा हैरान भएको भन्दै ओलीले भीम रावलले यसैगरी वर्षौंसम्म बाहिरबाट ढुंगा हानेको बताए

अध्यक्ष ओलीले चीनका राष्ट्रपति सी जिनपिङको उदाहरण दिँदै ७० बर्षे उमेर हद फेल खाएको बताए उनले एमालेमा पनि उमेर हद फेल खाएको स्पष्ट पारे उनको यो अभिव्यक्तिले उनी अध्यक्ष पद नछाड्ने मुडमा रहेको स्पष्ट पार्दछ

यता एमाले पूर्व उपाध्यक्ष समेत भइसकेकी भण्डारीलाई केहि दिन अघि चीनले निमन्त्रणा गरेर महत्व दिएको संकेत गरेको भण्डारी पूर्वमा नेता भेटघाटमा सक्रिय छिन्  

सम्बन्धित समाचार