२०८३ बैशाख १९ गते , शनिबार

भिजिट भिसा प्रकरणमा छानविन गर्न कांग्रेस लचक भएन : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २५ गते , आईतबार
भिजिट भिसा प्रकरणमा छानविन गर्न कांग्रेस लचक भएन : प्रचण्ड

बिर्तामोड प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको बताएका छन्

नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् प्रचण्ड शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए उक्त भेटमा प्रचण्डले आफू विपक्षी दलहरूको म्यान्डेड लिएर आएको बताएको प्रचण्डले सुनाए

जवाफमा कांग्रेस सभापति देउवाले संसद प्रभावित हुँदा बजेटमाथिको छलफल प्रभावित भएको यसले कसैको भलो नगरेको बताएका छन् प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले छानबिन समिति माग गरेको समितिको मोडालिटीको विषयमा लचक रहेको बताए

प्रचण्डले ब्रिफिङ गरे अनुसार संसदीय छानबिन समिति बनाउने, पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने लगायतका विकल्पमा जान तयार रहेको प्रस्ताव राखे

तर, देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनेर प्रचण्डको प्रस्ताव स्वीकार नगरेको प्रचण्डले सुनाएका छन् विपक्षी दलको बैठकपछि पुनः कांग्रेस माओवादी नेताहरू संवादमा जुटेका छन्

विपक्षी दलहरूको बैठक लम्बिएको फेरि माओवादी कांग्रेसका नेताहरू संवादमा रहेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको

सम्बन्धित समाचार