२०८३ बैशाख १९ गते , शनिबार

अनेम संघ (क्रान्तिकारी) र कोचिला मुक्ति मोर्चा बिर्तामोडको नयाँ नेतृत्व चयन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १८ गते , आईतबार
अनेम संघ (क्रान्तिकारी) र कोचिला मुक्ति मोर्चा बिर्तामोडको नयाँ नेतृत्व चयन

बिर्तामोड । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बिर्तामोडको नयाँ नेतृत्व चयन गरिएको छ । सन्ध्या मास्केको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट चयन भएको समितिको उपाध्यक्षमा माया पुलामी मगर, सुमना लावती र शारदा राई राजवंशी चयन भएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर सचिव जगन्नाथ भट्टराईले जानकारी दिए ।

समितिको सचिवमा शान्ता उप्रेती, सहसचिवमा गिता कुमारी केसी र कोषाध्यक्षमा रेनुका चापागाई चयन भएका छन् ।

त्यस्तै कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालको समेत बिर्तामोड नगर समिति गठन गरिएको छ । गोविन्द राजवंशीको संयोजकत्वमा १७ सदस्यीय समिति चयन गरिएको छ । इञ्चार्ज नेठुलाल राजवंशी र सहइञ्चार्ज जयसिंह राजवंशी रहेका छन् ।

एकै पटक आयोजित तीन वटा कार्यक्रमका बिच बिर्तामोड नगर समितिको सपथ ग्रहण समेत सम्पन्न भएको छ । 
नेकपा माओवादी केन्द्रका झापा इञ्चार्ज रञ्जित तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य हरिकुमार राना, लोकबन्धु कन्दङ्वा, अनेम संघ क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य निरु खतिवडा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य (अग्नी), प्रदेश सदस्य तथा बिर्तामोड इञ्चार्ज अरुण श्रेष्ठ, प्रदेश सदस्य भुपाल सापकोटा, अनेम संघ झापा अध्यक्ष तारा श्रेष्ठ लगायत सहभागी थिए । कार्यक्रम प्रदेश सदस्य भवानीप्रसाद दंगाल (भानु)ले सञ्चालन गरेका थिए ।  

सम्बन्धित समाचार